News Category 2072/04/23
मस्यौदा संशोधनको माग गर्दै महिला सञ्जालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
नयाँ बन्ने संविधानमा आफ्नो अधिकार सुरक्षित हुनुपर्ने माग गर्दै अन्तरपार्टी महिला सञ्जाल सप्तरीले प्रमुख जिल्ला अधिकारीमार्पmत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
संजालकी अध्यक्ष पुनम कुमारी यादवको अगुवाईमा सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवमार्पmत प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा नयाँ बन्ने संविधानमा केन्द्रदेखि स्थानीय निकायसम्मका राजनीतिक संयन्त्र, विपद ब्यवस्थापन समितिलगायत अन्य समिति निर्माण गर्दा महिलाहरुको न्यूनतम ३३ प्रतिशत पदहरुमा महिला र पुरुषको आलोपालो नेतृत्वको ब्यवस्था सहित महिलाको प्रतिनिधित्व ५० प्रतशित परिणामै सुनिश्चित गरिनुपर्ने, रष्ट्रिय सभामा पनि महिला र पुरुषको प्रतिनिधित्व बराबरी संख्यामा हुनुपर्ने तथा सर्वदलीय राष्ट्रिय सरकार निर्माण गर्दा महिलाहरुको न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।
सो ज्ञापनपत्रमा नयाँ संविधान घोषणा पश्चात राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित ब्यवस्था संसदबाट गर्दा कार्यकालको हिसावले महिला र पुरुष आलोपालो हुने ब्यवस्था गर्नुका साथै ३ वटा प्रमुख पदहरु मध्ये कम्तीमा १ जना महिला हुनुपर्ने र संविधानमा प्रयोग गरिने भाषामा लैंगिक तटस्थता अपनाउनुपर्ने उल्लेख गरिएको छ ।
सो अवसरमा संजालकी अध्यक्ष यादवका साथै संजालमा आबद्ध संघीय समाजवादी फोरम नेपालकी सुनिता साह, एनेकपा (माओवादी) की विन्दा काफ्ले, संजालकी मान्ती सदा, एमालेकी माधवी साह, चन्द्रिका यादव, अम्विका दाहाल लगायतकाको उपस्थित रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादवले ज्ञापनलाई आवश्यक कार्यान्वयनको लागि तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाईने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ