News Category 2072/04/23
मस्यौदा संशोधनको माग गर्दै महिला सञ्जालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
नयाँ बन्ने संविधानमा आफ्नो अधिकार सुरक्षित हुनुपर्ने माग गर्दै अन्तरपार्टी महिला सञ्जाल सप्तरीले प्रमुख जिल्ला अधिकारीमार्पmत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
संजालकी अध्यक्ष पुनम कुमारी यादवको अगुवाईमा सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवमार्पmत प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा नयाँ बन्ने संविधानमा केन्द्रदेखि स्थानीय निकायसम्मका राजनीतिक संयन्त्र, विपद ब्यवस्थापन समितिलगायत अन्य समिति निर्माण गर्दा महिलाहरुको न्यूनतम ३३ प्रतिशत पदहरुमा महिला र पुरुषको आलोपालो नेतृत्वको ब्यवस्था सहित महिलाको प्रतिनिधित्व ५० प्रतशित परिणामै सुनिश्चित गरिनुपर्ने, रष्ट्रिय सभामा पनि महिला र पुरुषको प्रतिनिधित्व बराबरी संख्यामा हुनुपर्ने तथा सर्वदलीय राष्ट्रिय सरकार निर्माण गर्दा महिलाहरुको न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।
सो ज्ञापनपत्रमा नयाँ संविधान घोषणा पश्चात राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित ब्यवस्था संसदबाट गर्दा कार्यकालको हिसावले महिला र पुरुष आलोपालो हुने ब्यवस्था गर्नुका साथै ३ वटा प्रमुख पदहरु मध्ये कम्तीमा १ जना महिला हुनुपर्ने र संविधानमा प्रयोग गरिने भाषामा लैंगिक तटस्थता अपनाउनुपर्ने उल्लेख गरिएको छ ।
सो अवसरमा संजालकी अध्यक्ष यादवका साथै संजालमा आबद्ध संघीय समाजवादी फोरम नेपालकी सुनिता साह, एनेकपा (माओवादी) की विन्दा काफ्ले, संजालकी मान्ती सदा, एमालेकी माधवी साह, चन्द्रिका यादव, अम्विका दाहाल लगायतकाको उपस्थित रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादवले ज्ञापनलाई आवश्यक कार्यान्वयनको लागि तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाईने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ