News Category 2072/04/24
नवीकरण नगरिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण
राजविराज÷मधेशी पत्रकार संघ सप्तरीले नेपाल सरकारको मातहतमा रहेको ‘गोरखापत्र राष्ट्रिय दैनिक’मा मधेशका जिल्लाहरुबाट कार्यरत सम्वाददाताहरुको नवीकरण नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष श्यामसुन्दर यादवद्वारा जारि विज्ञप्तिमा सप्तरीबाट सक्रिय रुपमा पत्रकारिता गर्दै आएका पत्रकार नवीन कुमार गुप्ता, सिरहाका रोयन्टर मण्डल र सुनसरीका जयकृष्ण यादवको म्याद नथपिएको जानकारी प्राप्त भएको जनाइएको छ ।
समाज र राष्ट्रका लागि जनताको पक्षमा सशक्त रुपमा कलम चलाउँदैआएका युवा पत्रकारहरुलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गर्ने नियतबाट अभिप्रेरित भई ‘गोरखापत्र राष्ट्रिय दैनिक’ले कर्तव्यनिष्ठ एवम् युवा पत्रकारहरुको म्याद नथपेको संघको ठहर छ । बिना कारण यसरी युवा पत्रकारहरुलाई काम गर्नबाट बञ्चित गरिएकोले मधेशी पत्रकार संघ सप्तरी अत्यन्त दुःख व्यक्त गरेको छ ।
पत्रकारहरुको सम्वाददाता परिचयपत्र नवीकरण गरी पुनः काम गर्ने जिम्मेवारी प्रदान गर्न ‘गोरखापत्र राष्ट्रिय दैनिक’ जोडदार माग गर्दै पत्रकारितामा भर्खर–भर्खर टुसाउँदै गएका अवस्थामा रहेका मधेशी पत्रकारहरुलाई प्रोत्साहन गर्नुको साटो घाँटी निमोठ्ने कार्य तत्काल बन्द गर्न आग्रह समेत गरेको छ ।
सोही विज्ञप्तिममा आग्रहलाई बेवास्ता गरिए हामी मधेशका सम्पूर्ण पत्रकारहरु एकजुट भएर सशक्त रुपमा आवाज बुलन्द गर्नुको विकल्प नरहेको ठहर गर्दै मधेशी पत्रकारहरुको मौनतालाई कमजोरी नठान्न आग्रह सहित यथाशीघ्र ती क्षमतावान पत्रकारहरुलाई काम गर्ने अवसर प्रदान गर्न सम्वन्धित पक्षसँग जोडदार माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ