News Category 2072/04/24
भारदहमा आरक्षको क्षेत्र बिस्तार बिरुद्ध प्रदर्शन
राजविराज÷कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार बिरुद्ध संघर्ष समितिको अगुवाईमा आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना खारेजको माग गर्दै शनिबार सप्तरीको भारदहमा बिरोध प्रदर्शन गरेको छ ।
कंकालिनी मन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध जुलुस प्रदर्शन भारदह बजारको परिक्रमा पश्चात् भारदह चौकमा बिरोध सभामा परिणत भएको थियो ।
संघर्ष समितिका अध्यक्ष शम्भु झाको अध्यक्षतामा आयोजित सो सभामा बिरेन्द्र माझी, लक्ष्मण मण्डल, परशुराम यादव, भागवत यादव, बिदुर राम, रोजित शेख लगायतका बक्ताहरुले कोशी टप्पु आरक्षबाट जनतालाई कुनै सुविधा नपुग्ने भएपछि आरक्षको बर्तमान पश्चिम तथा दक्षिणी सिमानालाई सप्तरी जिल्लामा बिस्तार हुन नदिने चेतावनी दिनुभयो ।
सभालाई सम्बोधन गर्दै बक्ताहरुले आरक्ष क्षेत्र बिस्तारको नाममा सो जग्गा हडपेर यस क्षेत्रका हजारौं परिवारलाई बिचल्ली पार्ने षडयन्त्रमा आरक्षका केहि कर्मचारीको बहकावमा परि माननीय वन मन्त्रालय लागिपरेको भन्दै कोशी टप्पु पीडितहरु आन्दोलनमा ओर्लेको बताउँनुभयो ।
आरक्ष क्षेत्र बिस्तारकालागि प्रस्ताबित भूभाग मध्ये करिव २ हजार बिगहा जग्गामा हाल ब्यवसायीक रुपमै केरा खेती हूुदै आएको तथा आरक्ष क्षेत्र बिस्तार भएमा केरा खेती नास हुनुका साथै यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० हजार भन्दा बढी जनता बेरोजगार हुने छन ।
साथै आरक्ष स्थापना कालमै भुमिहिन सुकुम्बासी भएका भारदह, बैरवा, लगायतका हजारौं परिवारलाई आरक्षले हालसम्म कुनै लाभ नदिलाएको बरु कोशी नदीमा पानीको सतह घटेर डुबान क्षेत्र उकास भएपछि त्यहि खेतीपाती गरि जिविका चलाउन थालेको अध्यक्ष शम्भु झाको कथन छ ।
आरक्षलाई दुर्लभ अर्नाको संरक्षित क्षेत्र भनिएपनि पञ्चायती कालमा राजा तथा राजपरिवारले जाडो छल्न र दुर्लभ जन्तुको शिकार खेल्न यो आरक्ष उपयोग हुूदै आएको हो । हाल केहि कर्मचारीलाई पाल्ने, सामान्य घटनामा पनि गरीव निमुखा जनतालाई तह लगाउन झुठा मुद्दा लगाउने, बिभिन्न बहानामा बिदेशसँग भिक्षाटन गर्ने साधनको रुपमा मात्र आरक्ष प्रयोग हुदै आएको उहाँले आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ