News Category 2072/04/25
चार नेताको पुत्ला दहन
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
चार दलबीच भएको प्रदेश सिमांकन सहमति बिरुद्ध आईतबार मधेशी मोर्चा सप्तरीले राजविराजमा शिर्ष चार दलका नेताहरुको पुत्ला दहन गरेको छ ।
आन्तरिम संविधानमा समग्र मधेश एक प्रदेश तथा स्वायत्त मधेश प्रदेशको आदेश सर्वोच्च अदालतले दिएपनि सो आदेश मिचेर प्रमुख सत्ताधारी दलहरुले आफू खुशी मधेशलाई चार प्रदेशमा विभाजन गरेको भन्दै प्रधानमन्त्री सुशिल कोईराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन पश्चात् राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित बिरोध सभामा संघिय फोरम समाजवादी नेपालका केदार प्रसाद यादव, सद्भावना पार्टीका अमरकान्त झा, नेपाल विद्यार्थी मंचका अध्यक्ष शम्भु कुमार यादव, नेकपा (माओवादी)का जय प्रकाश यादव सहितका बक्ताहरुले अहिलेको संविधान आफुहरुले कुनै पनि हालतमा नमान्ने बताउँदै बल प्रयोग गरी संविधान ल्याउँन खोजेमा सडकबाट आन्दोलन गरेर मोर्चाले अर्को संविधान बनाउँने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ