News Category 2072/04/25
दुई फिटकी १८ वर्षिया सुनिताले नागरिकता लिइन
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
सुन्दा आश्चर्य लाग्छ , तर कुरा वास्तविक हो, २ फिटकी बालिका जस्तो देखिने १८ वर्षिया सुनिता कुमारी साहले नागरिकता बनाएकी छिन ।
सप्तरीको बरही बिरपुर गाविस ६ लोखरम टोलका राजु साह सोनारकी छोरी सुनिता कुमारी साहले आईतबार जिल्ला प्रशासन कार्यालयमा अठार वर्षको उमेरमा नागरिकता पाएकी हुन ।
बाहिरबाट अचानक देख्दा बालिका जस्तो लाग्ने होचो सुनिताले अठार वर्षको उमेरमा आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता पाएपछि खुशि भएकी छिन ।
अन्दाजी दुई फिटकी सुनिता जन्मैदेखि अपाङ्ग भएका कारण उनको उमेर बढ्दै गएपनि उनी आफु बढ्न नसकेकोमा चिन्ता ब्यक्त गरिन ।
उनी आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आमा हिरा देवी साह सोनारनीसँग आएर अठार वर्षको उमेरमा बंशज नागरिकता लिएपछि संचारकर्मीहरुसँग खुशि भएको बताईन ।
उनी जन्मैदेखि अपाङ्ग रहेको बताउँदै उनकी आमा हिरा देवीले भनिन “आप्mनो तीन छोरा र एउटै सुनिता छोरी रहेको तथा तीन वटै छोराहरु राम्रै रहेपनि सुनिता मात्र अपाङ्ग छिन् ।”
सुनिता जब जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउँनका लागि पुग्दा सुनितालाई हेर्नका लागि दर्जनौ ब्यक्तिहरुको घुईचो समेत लागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ