News Category 2070/04/18
गुप्ताद्वारा सुरक्षाको माग गर्दै राष्ट्रसंघलाई पत्र
दैनिक संवाददाता
राजविराज, १७ साउन ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आफू असुरक्षित भएको भन्दै राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई सुरक्षाका लागि पत्र लेख्नु भएको छ ।
राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयका नाभी पिन्लेलाई उक्त पत्र लेख्नु भएको हो ।
चुनाव भाड्ने षड्यन्त्रमा लागेको भन्दै सरकारले निगरानीमा राखेपछि गुप्ताले राज्यले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै पिन्लेलाई विहीबार पत्र पठाउनु भएको हो ।
‘सुरक्षा अधिकारीहरुसँगको छलफलपछि गृहमन्त्रीले मेरो नामै लिएर जेपी गुप्ता, वैद्य माओवादी लगायतले चुनाव बहिस्कार गर्ने निष्कर्ष निकाल्नु गम्भीर छ’ गुप्ताले भन्नुभयो–’मैले कहिल्यै चुनाब बहिस्कार गर्ने भनेको छैन ।’
सरकारका उच्च अधिकारी सम्मिलित बैठकले नै यस्तो निष्कर्ष निकालेकाले नेपाल सरकारसँग सुरक्षा माग्नुको औचित्य नभएको भन्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग पनि निरपेक्ष भएको आरोप लगाउनुभयो ।
पत्रमा गुप्ताले निगरानीमा राख्ने सरकारको कदमले आफ्नो स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र सम्मानजनक जीवनयापन गर्ने मौलिक अधिकार खोसेको आरोप लगाउनु भएको छ । तीनवटै सुरक्षा निकायसहितका अधिकारीहरुको बैठकले गुप्ता, बैद्य माओवादी, पूर्व लडाकू र पूर्वराजावादीले चुनाव भाँड्ने षड्यन्त्र गरेको ठहर गर्दै निर्वाचन विरोधी र ध्वंसात्मक योजना पहिले नै निस्तेज पार्ने रणनीति बनाएको थियो ।
यस्तै संविधासभाको चुनाव नजिकिदै जाँदा विशेष सुरक्षा योजनाको नाममा सरकारले तराई मधेसमा हिंसात्मक दमन गर्न खोजेको भन्दै उहाँले राष्ट्रसंघले अनुगनम गर्नुपर्ने बताउनुभयो । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपाल कार्यालय हटेपछि मधेसमा मानवअधिकारको अवस्था कमजोर भएको भन्दै गुप्ताले पुनः कार्यालय स्थापना गर्न समेत माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ