News Category 2072/04/26
मधेशलाई गुलाम बनाउँने संविधान आएमा कडा संघर्षमा उत्रने गुप्ताको चेतावनी
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले मधेशलाई गुलाम बनाउँने संविधान आएमा कडा संघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।
“मधेशीका बलिदान सत्ताका खेल नही स्वाशासन नही तो राज्य के साथ कोई मेल नही” भन्ने मुल नाराका साथ निर्णायक मधेश आन्दोलनको तयारीमा संघियता, स्वशासन, समानता, सम्मान एवं न्यायका लागि तराई मधेश राष्ट्रिय अभियानले सोमबार राजविराजमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले मधेशवादी दलहरु सत्ता समर्पणमा लागिपरेको आरोप लगाउँदै एक मधेश प्रदेशलाई कायम गर्न आप्mनो पार्टी मधेशी जनताको साथ काँधमा काँध मिलाएर आन्दोलन गर्न तयार रहेको उदघोष गर्नुभयो ।
संयोजक गुप्ताले देशमा अहिले काँग्रेस एमाले र एमाओवादीसहित एउटा मोर्चा गठन गरेका छन भने सत्ता समर्पणमा लागेका मधेशवादी दलहरुले अर्को मधेशी मोर्चा गठन गरेपनि मधेशलाई ६ प्रदेशमा विभाजन गरेकोमा मौन बसेका मधेशी जनताहरु आप्mनो अधिकार सुनिश्चितताका लागि आफै अगाडी बढनुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।
मधेशलाई गुलाम बनाउँने संविधान मधेशी जनतालाई कुनै पनि हालतमा मान्य नहुने बताउँदै उहाँले अब मधेशमा छिटै निर्णयक आन्दोलन हुने स्पष्ट पार्नुभयो । मधेशमा सरकार प्रमुखमा, न्यायपालिका, सुरक्षा निकायमा मधेशीका छोरा छोरी भए मात्र मधेशीको अधिकार सुनिश्चितता हुन सक्ने बताउँदै त्यसका लागि मधेशीहरु जागरुक भएर आप्mनो अधिकारको लागि लडनुपर्ने बताउँनुभयो ।
एक अर्को प्रसङ्गणमा संयोजक गुप्ताले एक मधेश प्रदेश माग गर्ने मधेशवादी दलहरु अहिले कहाँ हराएका छन्, मधेशलाई अहिले ६ प्रदेशमा विभाजन गरेपछि पनि ती मधेशवादी दलहरु किन चुप लागेर बसेका छन भन्ने प्रश्न गर्नुभयो ।
मधेशी जनताहरुको आधारभुत सरह नागरिकतामा परिवर्तन हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले विगतमा गरेको सम्झौता अनुसार पनि अहिले नागरिकतामा कुनै पनि सुधार नभएको भन्दै आज फेरी मधेशीहरु नागरिकताको अधिकारबाट बन्चित हुन पुगेको जिकिर गर्नुभयो ।
त्यसैगरी बिरोध सभामा संगठन विभागका प्रमुख आरडी आजादले मधेशवादी दलहरुले मधेशी जनतासँग बेईमानी गरेर अब मधेशी नरहेको स्पष्ट पार्दै मधेशको अधिकारका लागि अभियानले निर्णयक आन्दोलन गर्ने बताउँनुभयो । उहाँले मुलुकमा धर्म ब्यक्तिगत आस्था रहेकाले यसमा राज्यले कुनै चासो नलिनुपर्नेमा जोड दिनुभयो ।
अभियानका जिल्ला संयोजक रामदत्त साहको अध्यक्षतामा आयोजित बिरोध सभामा अभियानका नेता जफर जमाली, अभियानका केन्द्रिय सदस्यद्वय रामशंकर यादव, राजेन्द्र प्रसाद गुप्ता, भोला प्रसाद मुखिया लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो भने कार्यक्रम संचालन अभियानका सुरेन्द्र साहले गर्नुभएको थियो ।
यसअघि अभियानले विभिन्न नारासहित राजविराजको विभिन्न स्थानको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ