News Category 2072/04/26
सप्तरी सिरहालाई पूर्वाञ्चलबाट हटाएकोमा एमाले केन्द्रिय सदस्य प्याकुरेलद्वारा बिरोध
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेलले सप्तरी सिराहा लगायत सम्पुर्ण सगरमाथा अंचलका जनताको भावना विपरीत सप्तरी सिरहालाई पूर्वाञ्चलबाट काटी राज्य संरचना गरीएको प्रति बिरोध जनाउनु भएको छ ।
प्याकुरेलले सोमबार एक विज्ञप्ति जारि गर्दै नेपाललाई विश्वमै चिनाउने सगरमाथा चुचुरोको नाममा रहेको सगरमाथा अंचललाई विभाजित गरिएको प्रति बिरोध जनाउनु भएको हो ।
उहाँले राज्य पुर्नसंरचना गर्दा स्थानिय जनताको वास्तविक चाहनाप्रति भन्दा कोहि व्यक्तिहरुको गलत प्रचारबाजिबाट नेताहरु प्रभावित भएको जनाउँदै सगरमाथा प्रदेश वा पूर्वाञ्चल भित्रकै संरचनामा उनीहरु बस्न चाहेको उल्लेख छ ।
उहाँले विज्ञप्ति मार्फत नमिलेको संरचना मिलाउन संघिय आयोगको व्यवस्था पनी गरेको हुदा त्यस अन्र्तगत यी मागलाई जोडदार रुपमा अगाडी बढाउन सप्तरी, सिरहा, सगरमाथा र पूर्वाञ्चलका सम्पुर्ण राजनैतिक पार्टी सम्र्पूण तह र तप्काका न्यायपूणर््ा जनसमूदायलाई हार्दीक अपिल गर्नुभएको छ ।
जारि विज्ञप्तिमा आफ्नो संविधान आफै निर्माण गर्न पाउने सार्वभौम नेपाली जनताको चाहनाले मुर्तरुप नपाउने हो कि भनेर आशंकाको बादल मडारिरहेको अवस्थाको बितेको मध्यरातमा भएको सहमतिले अन्त भएको उल्लेख छ ।
सोही विज्ञप्ति मार्फत मगीरथ प्रयत्नशिल रही अगुवायी गर्नुहुने एमाले अध्यक्ष के.पी.ओली लगायत काग्रेस सभापति एवं प्रधानमंत्री सुशिल कोईराला, नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार एवम सम्वाद समितिका अध्यक्ष बाबुराम भट्टराई लगायत यस कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा भूमिका खेल्नुहुने सवैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ