News Category 2072/04/27
संविधानसभा परित्याग गरि सडक आन्दोलनमा आउन मधेशी सभासद्हरुलाई महासचिव सुमनको आह्वान
दैनिक संवाददाता
राजविराज, २६ साउन ।
सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले संविधानसभामा प्रतिनिधित्व गरिरहेका सम्पूर्ण पार्टीका मधेशी सभासद्हरुलाई संविधानसभा परित्याग गरि सडक आन्दोलनमा आउन आह्वान गर्नुभएको छ ।
मधेशी मोर्चा सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव सुमनले संविधानसभामा बसेर ती सभासद्हरुलाई मधेश बिरोधी संविधानको साक्षि नबन्न आग्रह समेत गर्नुभयो ।
उहाँले प्रदेशको सिमांकन गरिएकोमा आपत्ति जनाउँदै मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरु समेतलाई संघियताको नाममा लत्याएको आरोप लगाउनुभयो ।
मधेशीहरुको अस्तित्व नै मेटिने गरि गरिएको ६ प्रदेशको सिमांकन मधेशीहरुले कहिले नमान्ने उल्लेख गर्नुहुँदै उहाँले प्रदेशको सिमांकनका कारण उत्पीडित वर्ग झन उत्पीडित हुने दाबी गर्नुभयो ।
महासचिव सुमनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरुको बारे संविधानको मस्यौदामा उल्लेख समेत नगरेकोमा आश्चर्यचकित भएको बताउँदै मधेश स्वायत्त प्रदेश भए मात्र मधेशीहरुको अधिकार सुनिश्चित हुनेमा जोड दिनुभयो ।
उहाँले नागरिकता सम्बन्धि विधेयकलाई परिमार्जित नगरिए मधेशहरु झन नागरिकता पाउनबाट बञ्चित हुने जिकिर गर्दै यसलाई सच्याउन माग समेत गर्नुभयो ।
उहाँले आजसम्म मधेश आन्दोलन अहिंसात्मक रहेको बताउँदै शासक वर्गले मधेशीलाई दोश्रो दर्जाको नागरिक सरह व्यवहार गर्न नरोकिए अब हुने अन्तिम मधेश आन्दोलन हिंसात्मक समेत हुने चेतावनी दिनुभयो ।
सो बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानको मस्यौदामा उचारण समेत नगरेकोले शासक वर्गले मधेशीप्रतिको शोषण प्रवृति अझै कायमै रहेको आरोप लगाउनुभयो ।
संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सभामा सद्भावना पार्टीका नेता दिनेश यादव, नेकपा–माओवादीका भुपेन्द्र यादव, नेकपा एकिकृतका तेज नारायण चौधरी, नेसपा गजेन्द्रवादीका दानी मण्डल, तमसपाका कपिलदेव यादव, नेकपा (माओवादी) का भुलाई राम, छेदी यादव, केन्द्रिय सदस्य महेश यादव, संघीय समाजवादी फोरमका बिनोद चौधरी, तमलोपा केन्द्रिय सदस्य साधना झा, तमलोपा डा. शंकरलाल चौधरीले थारु, आदिवासी, जनजाती बिरोधी संविधानलाई नमान्ने तथा सोका लागि सम्पूर्ण मधेशी, थारु, आदिवासीलाई निर्णायक आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो । सो मोर्चामा संघिय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तमलोपा, मातृका यादव नेतृत्वको नेकपा (माओवादी), बैद्य नेतृत्वको नेकपा–माओवादी, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी गजेन्द्रवादी, तमसपा, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेकपा एकिकृत, तमसपा लगायतका पार्टीहरुको संलग्नता रहेको छ ।
बिरोधसभा अघि राजविराजस्थित शिवमन्दिर प्राङनबाट निस्केको मोर्चाको संयुक्त जुलुसले नगर परिक्रममा गरि जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ