News Category 2072/04/29
मधेशी मोर्चाद्वारा चक्काजाम
दैनिक संवाददाता
राजविराज, २८ साउन ।
मधेशी मोर्चा सप्तरीले मधेशीलाई संघीयताको सिमांकनले झण क्रुध वनाएको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत बिहिबार रुपनीमा दुई घण्टा चक्काजाम गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म यातायात अवरुद्ध गरेको मोर्चाले जनाएको छ ।
राजमार्ग अवरुद्धका कारण दर्जनौ सवारी साधन तथा हजारौ यात्रुहरु अलपत्र परेका थिए ।
यसैबिच चक्काजाम पश्चात् आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सडक संघर्ष मार्फत प्रतिगामी संविधानको मस्यौदा २०७२ लाई खारेज गराउन तथा विगतमा अधिकारका लागि भएका आन्दोलन मार्फत सम्पन्न सहमति समझौता अनुरुप संघीय लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान वनाउने उद्देश्यका साथ मधेशवादी दलका सभासदहरुलाई संविधान सभा परित्याग गरि आसन्न शान्तिपुर्ण आन्दोलनमा होमिन आव्हान गरेका छन् ।
संयुक्त मधेशी मोर्चाका क्षेत्र न. ५ का संयोजक इसुफ राईनको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेकपा (माओवादी)का राष्ट्रिय अध्यक्ष मातृका प्रसाद यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्यद्धय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, संघिय समाजवादी फोरम नेपालका बिनोद चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य हरेकृष्ण भगत, सद्भावना पार्टीका जिल्ला सचिव हरेराम यादव, संयुक्त मधेशी आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्ति नभएसम्म मधेशमा आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
यसैगरि साउन २९ गते साँझ ५ देखि ७ वजे सम्म राजमार्ग अन्तरगत सप्तरीको भारदहमा चक्का जाम, सोही दिन बिहान ८ वजे वुद्धिजीवी तथा पेशा कर्मीहरुको अन्तरक्रिया, विहान ११ वजे विभिन्न जातीयसंस्थाहरु सँगको वैठक तथा अन्तरक्रिया र १ वजे युवा विद्यार्थीको भेला गर्ने जनाइएको छ ।
त्यस्तै ३० गते ८ वजे उद्योग व्यापारी व्यवसायीहरु तथा पत्रकारहरुसँग अन्तरक्रिया तथा साँझ मसाल जुलुस तथा ३१ र ३२ गते आमहडताल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ