News Category 2072/04/29
मधेशी मोर्चाद्वारा चक्काजाम
दैनिक संवाददाता
राजविराज, २८ साउन ।
मधेशी मोर्चा सप्तरीले मधेशीलाई संघीयताको सिमांकनले झण क्रुध वनाएको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत बिहिबार रुपनीमा दुई घण्टा चक्काजाम गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म यातायात अवरुद्ध गरेको मोर्चाले जनाएको छ ।
राजमार्ग अवरुद्धका कारण दर्जनौ सवारी साधन तथा हजारौ यात्रुहरु अलपत्र परेका थिए ।
यसैबिच चक्काजाम पश्चात् आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सडक संघर्ष मार्फत प्रतिगामी संविधानको मस्यौदा २०७२ लाई खारेज गराउन तथा विगतमा अधिकारका लागि भएका आन्दोलन मार्फत सम्पन्न सहमति समझौता अनुरुप संघीय लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान वनाउने उद्देश्यका साथ मधेशवादी दलका सभासदहरुलाई संविधान सभा परित्याग गरि आसन्न शान्तिपुर्ण आन्दोलनमा होमिन आव्हान गरेका छन् ।
संयुक्त मधेशी मोर्चाका क्षेत्र न. ५ का संयोजक इसुफ राईनको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेकपा (माओवादी)का राष्ट्रिय अध्यक्ष मातृका प्रसाद यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्यद्धय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, संघिय समाजवादी फोरम नेपालका बिनोद चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य हरेकृष्ण भगत, सद्भावना पार्टीका जिल्ला सचिव हरेराम यादव, संयुक्त मधेशी आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्ति नभएसम्म मधेशमा आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
यसैगरि साउन २९ गते साँझ ५ देखि ७ वजे सम्म राजमार्ग अन्तरगत सप्तरीको भारदहमा चक्का जाम, सोही दिन बिहान ८ वजे वुद्धिजीवी तथा पेशा कर्मीहरुको अन्तरक्रिया, विहान ११ वजे विभिन्न जातीयसंस्थाहरु सँगको वैठक तथा अन्तरक्रिया र १ वजे युवा विद्यार्थीको भेला गर्ने जनाइएको छ ।
त्यस्तै ३० गते ८ वजे उद्योग व्यापारी व्यवसायीहरु तथा पत्रकारहरुसँग अन्तरक्रिया तथा साँझ मसाल जुलुस तथा ३१ र ३२ गते आमहडताल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ