News Category 2070/04/18
बिशेष साधारणसभाबाट जिल्ला फुटबल संघ सप्तरीको विवाद अन्त्य
दैनिक संवाददाता
राजविराज, १७ साउन ।
जिल्ला फुटवल संघ सप्तरीमा देखिएको विवाद विहिबार समाधान भएको छ ।
उक्त विवाद विशेष साधारण सभा गरी सामाधान गरिएको हो । गत साउन १० गते गरिएको साधारण सभामा सहभागी नगराएको भन्दै अधिकांश क्लवहरुले तिब्र असन्तुस्टि जनाउदै सबैलाई समेटि पुनः साधारण सभा गर्नुपर्ने मांग गर्दै आन्दोलित भएपछि विशेष साधारण सभा बोलाइएको हो ।
विशेष साधारण सभाबाट गठित नयाँ कार्य समितिको अध्यक्ष पदमा पुनः बस्नेतलाई नै जिम्मेवारी दिइएको छ भने कार्यसमितिमा हेरफेर गरिएको छ ।
सो सभाबाट उपाध्यक्षमा मनोज कुमार माझी, अरुण बहादुर पाण्डे र चन्द्र शेखर चौधरीको सर्वसम्मतले चयन गरिएको छ भने नव गठित कार्य समितिको पहिलो बैठकले महासचिवमा अमर खवास र कोषाध्यक्षमा शम्भु चौधरीलाई मनोनित गरेको छ ।
यसै गरी सदस्यमा राजकुमार परियार, दिपेन्द्र भट्ट, विष्णु देव चौधरी, दयाराम भट्टराई, देबेन्द्र खड्का, धु्रव नारायण चौधरी, गुडु थापा मगर, दिपेन्द्र चौधरी र दिपक यादवको चयन गरिएको छ ।
यस्तै साधारण सभाले ६ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । जसमा जिवन श्रेष्ठ, दशरथ प्रसाद गुप्ता, राजदेव सिंह, सत्य नारायण यादव, सिवा प्रसाद साह र सुरेन्द्र नाथ सिंह रहनुभएको छ ।
संघको कानुनी सल्लाहकारमा महेन्द्र चौधरी र प्रवक्तामा बैजु प्रसाद दासलाई मनोनयन गरिएको संघद्घारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्र मान सिंह बस्नेतले विशेष साधारण सभा गरेपछि अब उपरान्त विवाद अन्त भएको प्रतिक्रिया दिनुहुँदै संघमा देखिएको विवाद अन्त भई क्लव र संघ विच एकता र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ