News Category 2072/04/29
थाकसद्वारा मोटरसाइकल ¥याली
दैनिक संवाददाता
राजविराज, २८ साउन ।
थारु कल्याणकारिणी सभा सप्तरीले बिहिबार राजविराजमा मोटरसाईकल ¥याली निकालिएको छ ।
सभाका पदाधिकारीहरुले निकालेको मोटरसाईकल ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा सहभागि बक्ताहरुले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुरलाई १ नं प्रदेश तथा धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सालाई २ नं. प्रदेश र चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई ३ नं. प्रदेशमा राखिनुपर्ने माग गरेका छन् ।
सभाका जिल्ला अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय सदस्य उचित नारायण चौधरीको प्रमुख आतिथ्य एवं सभासद मानपुर चौधरीको विशेष आतिथ्यमा आयोजित सो सभामा मुक्तिनाथ चौधरी, बौली चौधरी, नमिता चौधरी, लक्ष्मी चौधरी, दिलिप चौधरी लगायतका बक्ताहरुले पूर्वमा तराईका ६ जिल्लालाई मिलाएर एउटा प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबचि सभाले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा दुई घण्टासम्म यातायात अवरुद्ध समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ