News Category 2072/04/29
दलित समुदायद्वारा दुई घण्टा चक्काजाम दोश्रो चरणको आन्दोलनको घोषणा
दैनिक संवाददाता
राजविराज, २८ साउन ।
सप्तरीका दलित समुदायले बिहीबार राजविराजस्थित रुपनी मोडमा दुई घण्टा चक्काजाम गरेका छन् ।
अब बन्ने संविधानमा दलितका लागि समानुपातिक समावेशी र आरक्षको व्यवस्था गर्नुपर्ने माग गर्दै संयुक्त दलित अधिकार संघर्ष समिति सप्तरीको अगुवाइमा सो चक्काजाम गरिएको हो ।
राजनीतिक दल निकट दलित संघसंगठनका प्रतिनिधी, दलित समुदाय अन्तर्गत जातीय संघ संस्थाका प्रतिनिधीहरुले दिउँसो १ बजेदेखि ३ बजेसम्म राजविराजस्थित रुपनी मोडमा चक्काजाम गरेका हुन् ।
चक्काजाम पश्चात आयोजित कोणसभामा दलित समुदायका अगुवाहरुले संबिधानमा दलित समुदायको अधिकार थप्नुको साटो कटौती गरिएको भन्दै अधिकार सुनिश्चितताका लागि आन्दोलन जारी राख्ने बताएका छन् ।
सभामा संयुक्त दलित अधिकार संघर्ष समितिका संयोजक राजेन्द्र विक, नेपाल दलित संघ सप्तरीका कमल परियार, उत्पीडित जातीय मुक्ति समाजका डिकबहादुर विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रथमलाल राम, बहुजनशक्ति पार्टीका जानकीदेवी राम, उत्पीडित संघ नेपालका मनोज राउत मेहतर, दलित अगुवा युक्तिलाल मरिक लगायतले दलहरुले संबिधानको मस्यौदामा दलितको अधिकार कटौती गरि निरंकुश चरित्र देखाएको आरोप लगाएका छन् ।
यसैबीच संघर्ष समितिको बिहीवारै बसेको बैठकले दोश्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक विकले जानकारी दिनुभयो ।
उहाँले भदौ १ गते जिल्लाको कञ्चनपुर नगरपालिकामा, भदौ २ गते बोद बर्साइनमा, भदौ ३ गते कदमाहा बजारमा, भदौ ४ गते कल्याणपुरमा, भदौ ६ गते छिन्नमस्ता बजारमा कोणसभा गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ