News Category 2072/04/30
मधेशी मोर्चाद्वारा पुनः चक्काजाम
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
मधेशी मोर्चा सप्तरीले प्रदेश सिमांकन मधेश बिरोधी रहेको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार सप्तरीको भारदहमा दुई घण्टा चक्काजाम गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म यातायात अवरुद्ध गरेको मोर्चाले जनाएको छ ।
राजमार्ग अवरुद्धका कारण दर्जनौ सवारी साधन तथा हजारौ यात्रुहरु अलपत्र परेका थिए ।
यसैबिच चक्काजाम पश्चात् आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सडक संघर्ष मार्फत प्रतिगामी संविधानको मस्यौदा २०७२ लाई खारेज गराउन तथा विगतमा अधिकारका लागि भएका आन्दोलन मार्फत सम्पन्न सहमति समझौता अनुरुप संघीय लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान वनाउने उद्देश्यका साथ मधेशवादी दलका सभासदहरुलाई संविधान सभा परित्याग गरि आसन्न शान्तिपुर्ण आन्दोलनमा होमिन आव्हान गरेका छन् ।
मोर्चाले यसअघि बिहीबार पनि आन्दोलनका कार्यक्रम अनुसार रुपनीमा दुई घण्टा चक्काजाम गरेको थियो भने साउन ३१ र ३२ गते मधेश बन्दको आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ