News Category 2072/04/30
मधेशी मोर्चाद्वारा पुनः चक्काजाम
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
मधेशी मोर्चा सप्तरीले प्रदेश सिमांकन मधेश बिरोधी रहेको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार सप्तरीको भारदहमा दुई घण्टा चक्काजाम गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म यातायात अवरुद्ध गरेको मोर्चाले जनाएको छ ।
राजमार्ग अवरुद्धका कारण दर्जनौ सवारी साधन तथा हजारौ यात्रुहरु अलपत्र परेका थिए ।
यसैबिच चक्काजाम पश्चात् आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सडक संघर्ष मार्फत प्रतिगामी संविधानको मस्यौदा २०७२ लाई खारेज गराउन तथा विगतमा अधिकारका लागि भएका आन्दोलन मार्फत सम्पन्न सहमति समझौता अनुरुप संघीय लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान वनाउने उद्देश्यका साथ मधेशवादी दलका सभासदहरुलाई संविधान सभा परित्याग गरि आसन्न शान्तिपुर्ण आन्दोलनमा होमिन आव्हान गरेका छन् ।
मोर्चाले यसअघि बिहीबार पनि आन्दोलनका कार्यक्रम अनुसार रुपनीमा दुई घण्टा चक्काजाम गरेको थियो भने साउन ३१ र ३२ गते मधेश बन्दको आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ