News Category 2072/04/32
मधेशी मोर्चासहित १३ दलद्वारा बन्दले सप्तरी पूर्ण प्रभावित पहिलो दिनको सप्तरी बन्द शान्तिपूर्ण
दैनिक संवाददाता
राजविराज ३१ साउन ।
संविधानको मस्यौदा, चार दलबीच भएको ६ प्रदेशको सीमांकनको सहमतिको विरोध र समग्र मधेश एक प्रदेशको माग गर्दै मधेशी मोर्चा सप्तरीलगायत छुट्टाछुट्टै १३ वटा दलहरुले गरेको सप्तरी बन्द पहिलो दिन पूर्ण रुपले प्रभावित भएको छ ।
बन्दका कारण सदरमुकाम राजविराजसहित कल्याणपुर, कठौना, कदमाहा, कंचनपुर, भारदहलगायत स्थानमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको थिएन् ।
बन्दका कारण आइतबार बिहानैदेखि सप्तरीलगायत मधेशको अन्य जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि बजार पसल, कलकारखाना खुलेका छैनन् । बन्द सफल बनाउन बन्दकर्ता बिहानैदेखि राजमार्गमा बसिरहेका छन् भने राजविराजमा विभिन्न सरकारी, गैरसरकारी तथा वित्तिय संस्थाहरु बन्द गराउँदै प्रदर्शन गरिरहेका थिए । यता बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन स्थानिय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरेको छ ।
यता बन्दकर्ताहरुले राजविराजस्थित नगरपालिका रोडमा रहेको महाबिर मिष्ठान भण्डारको सिसा फुटाएका छन भने पुनरावेदन अदालतको मूल गेट अगाडी बन्दकर्ता र प्रहरीबीच अदालत खालिएको विषयमा केही बेर भनाभन समेत भएको थियो । यस बाहेक मोर्चाको दुई दिने बन्दका कार्यक्रम अन्तरगत आइतबार सप्तरी जिल्लाभरी बन्द शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कदमाहामा एक दर्जन रात्री सेवाका गाडीहरु बन्दकर्ताहरुले रोकेर राखेका छन् ।
यता सुनसरी, मोरङ र झापालाई प्रदेश दुईमै राखी मधेस प्रदेश कायम गर्नुपर्ने, तराईमा तीन प्रदेश हुनुपर्ने, थरुहट प्रदेश बनाउनुपर्नेलगायत मागसहित पूर्वी थारुवान कोचिला राज्य समिति र थारु कल्याणकारी सभाले समेत दुई दिन अघिदेखी सप्तरी बन्दको आह्वान गरेको छ ।
यस्तै अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पनि शनिबारदेखी तीन दिनसम्म मधेश बन्दको आह्वान गरेको छ ।
मधेशी मोर्चामा संघिय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, नेपाल सदभावना पार्टी गजेन्द्रवादी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मातृक यादव नेतृत्वको नेकपा (माओवादी), मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक र संयुक्त मधेशी आन्दोलन परिचालन समिति आवद्ध छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ