News Category 2072/04/32
झापादेखी चितवनरसम्म र नवलपरासीदेखी कंचनपुरसम्म दुई प्रदेश ः महासचिव सुमन
दैनिक संवाददाता
राजविराज ३१ साउन ।
सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले मधेशलाई पूर्व झापादेखी चितवनरसम्म एक प्रदेश र नवलपरासीदेखी कंचनपुरसम्म अर्को प्रदेश हुनुपर्ने माग गर्नुभएको छ ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतबार राजविराजमा आयोजित मधेशी मोर्चा र पत्रकारबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो माग गर्नुभएको हो ।
उहाँले चार दलबीच भएको १६ बुँदे सहमतिलाई सर्वोच्च अदालतले खारेज गरिसकेको हुँदा पनि चार दलले सोही सहमति अनुसार संविधानको मस्यौदा ल्याएकोले मधेशी मोर्चाले गरिरहेको आन्दोलन संविधानको मस्यौदा बिरुद्धमा रहेको प्रस्ट पार्नु पार्नुभयो ।
अहिले मुलुक संविधान निर्माणको अन्तिम क्रममा पुगिसक्दा पनि मधेश आन्दोलनको उपलब्धिलाई संविधानको मस्यौदामा संस्थागत गर्न नसकेको, नागरिकतामा विभेद, पूर्ण प्रेस स्वतन्त्रता उल्लेख नगरिएको, समावेशी शब्द मस्यौदामा स्पष्ट नगरिएको उहाँले आरोप लगाउनुभयो ।
महासचिव सुमनले पहिचान तथा समार्थको आधारमा, राज्य पुर्नसंरचनाको आधारमा तथा मदन परियार नेतृत्वको राज्य पुर्नसंरचना उच्च स्तरिय सुझाव आयोगको प्रतिवेदनको आधारमा प्रदेशको सिमांकन हुनुपर्ने माग गर्नुभयो ।
सोही अन्तरक्रियामा उहाँले नियोजित तरिकाबाट चार दलले सिमांकन गरि शोषण गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “अहिलेको आन्दोलन कुनै जाति विशेषलाई लक्षित नभएर सामाजिक लडाईका लागि आन्दोलन भइरहेको छ ।” आन्दोलन कुनै रहर होइन् बाध्यता हो उहाँले भन्नुभयो ।
सो अन्तरक्रियामा सप्तरीका संचारकर्मी, भारतको बिहारका पत्रकारद्वय एसएन श्याम र सुदान्सु कुमार सतिश तथा मधेशी मोर्चामा आवद्ध दलहरुका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ