News Category 2072/04/32
झापादेखी चितवनरसम्म र नवलपरासीदेखी कंचनपुरसम्म दुई प्रदेश ः महासचिव सुमन
दैनिक संवाददाता
राजविराज ३१ साउन ।
सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले मधेशलाई पूर्व झापादेखी चितवनरसम्म एक प्रदेश र नवलपरासीदेखी कंचनपुरसम्म अर्को प्रदेश हुनुपर्ने माग गर्नुभएको छ ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतबार राजविराजमा आयोजित मधेशी मोर्चा र पत्रकारबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो माग गर्नुभएको हो ।
उहाँले चार दलबीच भएको १६ बुँदे सहमतिलाई सर्वोच्च अदालतले खारेज गरिसकेको हुँदा पनि चार दलले सोही सहमति अनुसार संविधानको मस्यौदा ल्याएकोले मधेशी मोर्चाले गरिरहेको आन्दोलन संविधानको मस्यौदा बिरुद्धमा रहेको प्रस्ट पार्नु पार्नुभयो ।
अहिले मुलुक संविधान निर्माणको अन्तिम क्रममा पुगिसक्दा पनि मधेश आन्दोलनको उपलब्धिलाई संविधानको मस्यौदामा संस्थागत गर्न नसकेको, नागरिकतामा विभेद, पूर्ण प्रेस स्वतन्त्रता उल्लेख नगरिएको, समावेशी शब्द मस्यौदामा स्पष्ट नगरिएको उहाँले आरोप लगाउनुभयो ।
महासचिव सुमनले पहिचान तथा समार्थको आधारमा, राज्य पुर्नसंरचनाको आधारमा तथा मदन परियार नेतृत्वको राज्य पुर्नसंरचना उच्च स्तरिय सुझाव आयोगको प्रतिवेदनको आधारमा प्रदेशको सिमांकन हुनुपर्ने माग गर्नुभयो ।
सोही अन्तरक्रियामा उहाँले नियोजित तरिकाबाट चार दलले सिमांकन गरि शोषण गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “अहिलेको आन्दोलन कुनै जाति विशेषलाई लक्षित नभएर सामाजिक लडाईका लागि आन्दोलन भइरहेको छ ।” आन्दोलन कुनै रहर होइन् बाध्यता हो उहाँले भन्नुभयो ।
सो अन्तरक्रियामा सप्तरीका संचारकर्मी, भारतको बिहारका पत्रकारद्वय एसएन श्याम र सुदान्सु कुमार सतिश तथा मधेशी मोर्चामा आवद्ध दलहरुका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ