News Category 2072/05/01
बन्दको दोश्रो दिन सिंचाई कार्यालयमा आगजनी
दैनिक संवाददाता
राजविराज, ३२ साउन ।
मधेशी मोर्चा सप्तरीले गरेको दुई दिने बन्दको क्रममा सोमबार दोश्रो दिन आन्दोलनकारीहरुले राजविराजस्थित कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन नं। २ को कार्यालयमा आगजनी गरेका छन् ।
कार्यालयको प्राविधिक कोठामा भएको आगजनीबाट टेबुल, कुर्सी आवश्यक कागजातहरु जलेर नष्ट भएको सो कार्यालयले जनाएको छ । प्राविधि कोठामा आगजनी पश्चात् कार्यालय प्रमुख महेश्वर प्रसाद थारुको कोठाको ढोका फोडेर समेत आगजनीको प्रयास गरेको कर्मचारीहरुले जनाएका छन् ।
सो आगजनी कर्मचारीहरुले निभाएपछि प्रहरी र बारुणयन्त्र पुगेको थियो ।
यता संविधानको मस्यौदा, चार दलबीच भएको ६ प्रदेशको सीमांकनको सहमतिको विरोध मधेशी मोर्चा सप्तरीले गरेको दोश्रो दिनको बन्दमा पनि सप्तरी सदरमुकाम राजविराजसहित कल्याणपुर, कठौना, कदमाहा, कंचनपुर, भारदहलगायत बन्द रहेको छ । सो स्थानमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन् । जसकारण जनजिवन कष्टर बन्दै गएको छ ।
बन्दका कारण आइतबार झैं सोमबार बिहानैदेखि बजार पसल, कलकारखाना खुल्न सकेको छैन् । बन्द सफल बनाउन बन्दकर्ता बिहानैदेखि राजमार्गमा बसिरहेका छन् भने राजविराजमा विभिन्न सरकारी, गैरसरकारी तथा वित्तिय संस्थाहरु बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् ।
यता सुनसरी, मोरङ र झापालाई प्रदेश दुईमै राखी मधेस प्रदेश कायम गर्नुपर्ने, तराईमा तीन प्रदेश हुनुपर्ने, थरुहट प्रदेश बनाउनुपर्नेलगायत मागसहित पूर्वी थारुवान कोचिला राज्य समिति र थारु कल्याणकारी सभाले समेत तीन दिन अघिदेखी सप्तरी बन्दको आह्वान गरेको छ ।
यस्तै अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पनि शनिबारदेखी तीन दिनसम्म मधेश बन्दको आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ