News Category 2072/05/02
मधेशी मोर्चाद्वारा घटनाको उच्चस्तरिय स्वतन्त्र निकायबाट छानबिन गर्नुपर्ने माग मृतकलाई शहिद तथा बीस लाख क्षतिपूर्ति माग
दैनिक संवाददाता
राजविराज, १ भदौं ।
मेधशी मोर्चा सप्तरीले भारदह घटनाको उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने दोषी प्रहरी आदेश दिने अधिकृतलाई कर्तव्य ज्यान मार्ने मुद्दा लगाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
मंगलबार मोर्चाका तर्फबाट गजेन्द्र मण्डलद्वारा जारि विज्ञप्तिमा मृतक राजीव राउतलाई शहिद घोषणा गरी राजकिय सम्मान सुनिश्चित गर्नुपर्ने, सप्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई अबिलम्ब बर्खास्त, राजिव राउतको परिवारलाई बीस लाख क्षतिपूर्ति उपलब्ध गराउनुको साथै निजको परिवारलाई जिवन पर्यन्तको भरण पोषणको ग्यारेन्टी तथा घाईते आन्दोलनकारीहरुको अविलम्ब निःशुल्क उपचारको व्यवस्था गर्न राज्यसँग माग गरिएको छ ।
यस्तै विज्ञप्तिमा प्रहरी हिरासतमा रहेका मोर्चाका नेता दिनेश यादव, मुकेश कर्ण, लालु प्रसाद यादव, मस्तकिम मियां, अरुण कुमार ठाकुर “बब्लु”लाई अबिलम्ब रिहाईको माग समेत गरिएको छ ।
जारि विज्ञप्तिमा विगतमा मधेशी मोर्चासँग तत्कालीन सरकारले स्वायत्त मधेश प्रदेशको ग्यारेन्टी सुनिश्चित गर्ने भन्ने गरेको सम्झौता र विभिन्न चरणमा गरेको सहमतिलाई नयाँ संविधानमा सुनिश्चित गरिनुपर्ने लगायतका प्रमुख माग राखि मधेशी मोर्चा सप्तरीको आव्हानमा जारी आन्दोलनका क्रममा आन्दोलनकारी राजीव राउतको देब्रे छातीमा प्रहरीले गोली हानी विभत्स हत्या गरेको प्रति भत्र्सना गरिएको छ ।
सो क्रममा आन्दोलनकारी दीपक साह, देव नारायण विश्वास, सत्य नारायण राउत, सुरेन्द्र राउत, गोपाल मंडल, बिजय ठाकुर लगायत दर्जोनौं ब्यक्ति प्रहरीले चलाएको गोलीबाट घाईते भई उपचारर्थ वि.पी.कोइराला मेमोरियल अस्पताल धरानमा भर्ना भएको उल्लेख छ ।
यसैगरि विज्ञप्तिमा मोर्चाका नेताहरु संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, केन्द्रिय सदस्य अशोक यादव, जिल्ला संयोजक दिनेश यादवलाई निर्ममता पुर्वक मर्नासन्न हुने गरी प्रहरीले कुटपिट गरेको भनिएको छ ।
यस्तै आन्दोलनकै क्रममा सोमबार राति सडक आन्दोलनमा आन्दोलनरत आन्दोलनकारी सदभावनाका पाटी केन्द्रिय सदस्य दिनेश कुमार यादव, रामसपा युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, तमलोपाका अरुण कुमार ठाकुर, सद्भावना पार्टीका मो. गुलजार, मो. मस्तकिन, बिजय दासलाई निर्ममता पुर्वक कुटपिट गरी प्रहरीले गिरफ्तार गरेको प्रति भत्र्सना गरिएको छ ।
अधिकार र मधेश मुक्तिका लागि आन्दोलनरत आन्दोलनकारी राजीव राउतको विभत्स हत्या गरेको जघन्य अपराध कार्यको र मोर्चाको दर्जनौं नेताहरुलाई निर्ममता पुर्वक गरेको कुटपिटको मोर्चाले घोर निन्दा एवमं भत्र्सना गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ