News Category 2072/05/03
शोकसभामा सहभागि हुन मधेशी दलका शिर्ष नेताहरु आउदै
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
शान्तिपूर्ण आन्दोलनका क्रममा मंगलबार प्रहरीको गोलीबाट मृत्यु भएका भारदह १ निवासी राजिव राउतको सम्झनामा बिहीबार आयोजना हुने शोकसभामा सम्पूर्ण मधेशी दलका केन्द्रिय नेताहरु सहभागि हुने मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
सो सभामा सभामा सहभागी हुन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, वरिष्ठ उपाध्यक्ष सरिता गिरी लगायतका केन्द्रिय नेता भारदह आउन लागेको मोर्चाका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
यता भारदहमा पुनः कुनै अप्रिय घटना नदोहरिन दिन ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएका छ । यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले स्थितिलाई साम्य तुल्याउनका लागि सम्पूर्ण नागरिक समाज, संचारकर्मी तथा राजनीतिक दलसँग आग्रह समेत गर्नुभएको छ ।
यसअघि नेकपा–माओवादीका संयोजक मातृका यादव, सद्भावनाका उपाध्यक्ष नवल किशोर साह, महासचिव मनिष सुमन, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर र संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अशोक कुमार यादव घटना बारे बुझ्न र मृतकका परिवारसँग भेट गर्न भारदह पुग्नु भएको थियो । मृतक राउतको शव हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ