News Category 2072/05/03
इन्सेकद्वारा प्रदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदा गोली प्रहार गरिनु उपयुक्त नभएको ठहर
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
इन्सेकले सप्तरीको भारदह घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा बुधबार जारि विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आमहड्तालका क्रममा सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका राजीवकुमार राउत तथा ६ जना घाइते भएको घटनाप्रति ध्यानकाकर्षण भएको जनाएको हो ।
प्रदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदा गोली प्रहार गरिनु उपयुक्त नभएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, “मानवअधिकारका आधारभूत सिद्धान्तको परिपालनामा ध्यान दिन, घाइतेहरूको उपचार एवम् मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न यस्ता प्रकृतिका प्रदर्शनमा हुन सक्ने क्षति नियन्त्रणका लागि संयमता अपनाउन र यस घटनाको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौँ ।”
विज्ञप्तिमा विगतमा लामो समय हिंसात्मक राजनीतिक द्वन्द्वबाट आक्रान्त नेपालीले वार्ताबाट आफ्ना समस्या समाधान गरेको उदाहरण विश्वसामु उदाहरणीय बनेको उल्लेख गर्दै संविधाननिर्माणका क्रममा देखिएका मतभिन्नतालाई वार्ताबाट नै समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन चाहेको जनाइएको छ ।
साथै विज्ञप्तिमा आफ्ना मागहरू सम्बोधन गराउने क्रममा संयमता अपनाइरहन आन्दोलनरत पक्षसँग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ