News Category 2072/05/03
प्रदर्शन तथा बिरोध ¥याली र सभालाई निरन्तरता
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
बन्दको क्रममा बुधबार साँझ भारदहमा मधेशी मोर्चाको नेतृत्वमा बिरोध ¥याली निकालिएको छ ।
भारदह चौकदेखी कंकालनी मन्दिरसम्म निकालिएको सो ¥यालीमा नेकपा–माओवादीका संयोजक मातृका यादव, सद्भावनाका उपाध्यक्ष नवल किशोर साह, महासचिव मनिष सुमन, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर र संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अशोक कुमार यादव तथा मोर्चासँग आवद्ध दलहरुका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी भारदहको घटनालाई लिएर बुधबार राजविराजमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिरोध जुलुस प्रदर्शन गरेको छ ।
सयौंको सहभागितामा निकालिएको बिरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा आम मुल निवासी मुक्ति मोर्चाका केन्द्रिय सदस्य जगजीवन राम, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, राष्ट्रिय मधेश अभियानका प्रवक्ता बलराम यादव, मधेशी मोर्चा आन्दोलन परिचालन समिति क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सुभाष यादव, मोर्चाका जिल्ला सदस्य दिनेश यादव, राष्ट्रिय मधेश अभियानका विष्णु यादव, तमलोपाका सुर्य नारायण मण्डल, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेश्वर यादव, मुस्लिम नेता मो.हासिम, किसान मंचका जिल्ला अध्यक्ष वैजनाथ यादव लगायतका बक्ताहरुले प्रहरीको गोलीबाट शहादत प्राप्त गरेका भारदह गाविस १ का राजिव राउतलाई अबिलम्ब शहिद घोषणा गरी मृतक परिवारलाई उचित क्षतिपुर्ति तथा घाईतेहरुको उपचार खर्चको व्यवस्था राज्यले गर्नुका साथै समग्र मधेश स्वायत्त प्रदेश स्थापना नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ