News Category 2072/05/03
प्रदर्शन तथा बिरोध ¥याली र सभालाई निरन्तरता
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
बन्दको क्रममा बुधबार साँझ भारदहमा मधेशी मोर्चाको नेतृत्वमा बिरोध ¥याली निकालिएको छ ।
भारदह चौकदेखी कंकालनी मन्दिरसम्म निकालिएको सो ¥यालीमा नेकपा–माओवादीका संयोजक मातृका यादव, सद्भावनाका उपाध्यक्ष नवल किशोर साह, महासचिव मनिष सुमन, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर र संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अशोक कुमार यादव तथा मोर्चासँग आवद्ध दलहरुका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी भारदहको घटनालाई लिएर बुधबार राजविराजमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिरोध जुलुस प्रदर्शन गरेको छ ।
सयौंको सहभागितामा निकालिएको बिरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा आम मुल निवासी मुक्ति मोर्चाका केन्द्रिय सदस्य जगजीवन राम, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, राष्ट्रिय मधेश अभियानका प्रवक्ता बलराम यादव, मधेशी मोर्चा आन्दोलन परिचालन समिति क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सुभाष यादव, मोर्चाका जिल्ला सदस्य दिनेश यादव, राष्ट्रिय मधेश अभियानका विष्णु यादव, तमलोपाका सुर्य नारायण मण्डल, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेश्वर यादव, मुस्लिम नेता मो.हासिम, किसान मंचका जिल्ला अध्यक्ष वैजनाथ यादव लगायतका बक्ताहरुले प्रहरीको गोलीबाट शहादत प्राप्त गरेका भारदह गाविस १ का राजिव राउतलाई अबिलम्ब शहिद घोषणा गरी मृतक परिवारलाई उचित क्षतिपुर्ति तथा घाईतेहरुको उपचार खर्चको व्यवस्था राज्यले गर्नुका साथै समग्र मधेश स्वायत्त प्रदेश स्थापना नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ