News Category 2072/05/04
अमेरिका र यूरोपबाट राउतका परिवारलाई आर्थिक सहयोगको घोषणा
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
अमेरिकामा रहेका नेपाली समुदायले सप्तरीको भारदहमा प्रहरीको गोली लागि मृत्यु भएको घटना प्रति गम्भीर आपत्ती प्रकट गर्दै घोर निन्दा र भत्र्सना गरेको छ ।
नेपाली अमेरिकन सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन नेपाल नाम मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदर्शनकारीमाथि जथाभाबी दमन गर्न निर्देशन दिने नेपाल सरकारको गृहमन्त्रीले तुरन्तै नेपाली जनतासँग माफि माग्नु पर्ने र पदबाट राजिनामा गर्नु पर्ने माग समेत गरेको छ ।
यस्तै विज्ञप्तिमा सो गोली काण्डमा मृत्यु भएका भारदह निवासी राजिव राउतको परिवारलाई फ्रन्टका सह संयोजक सतेन्द्र साहले १ लाख सहयोग गर्ने जनाएको छ ।
सरकारले यसरी आफ्नै नागरिकमाथि सरकारको बर्बर दमनले लोकतन्त्रको खिल्ली उडाएको र नेपालीहरुको शिर विश्वसामु झुकाएको मोर्चाले ठहर गरेको जारि प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यसैगरि संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य तथा नेफेसो यूरोपका अध्यक्ष पेम्बागेल्बु शेर्पाले मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरी गोलीबाट मृत्यु भएका परिवारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
अधिकारका लागि भएको आन्दोलनमा सक्रिय राउतको सम्मानमा आफूले सहयोग गर्न लागेको शेर्पाले फेसबुकमार्फत जानकारी दिएका हुन् । सो रकम संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पामार्फत हस्तान्तरण गरिने छ ।
शेर्पाले यसअघि पनि नेपालमा विभिन्न मावनीय र सामाजिक काममा सहयोग गर्दै आउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ