News Category 2070/04/19
क्षतिपुर्ति नपाएको भन्दै संघर्ष समितिद्वारा आन्दोलनको घोषणा
दैनिक संवाददाता
राजविराज, १८ साउन ।
बसको ठक्करबाट मृत्यु भएकाका परिवारले अझै क्षतिपुर्ति नपाएको भन्दै संघर्ष समितिले थप आन्दोलन घोषणा गरेको छ ।
बसको ठक्करबाट मृत्यु भएका मधेश समाजवादी युवा लिग सप्तरीका संयोजक योगेन्द्र यादव र नर्घाे गाविसका धनिकलाल यादवको परिवारलाई घट्ना भएको एक महिना बित्न लाग्दा समेत हालसम्म क्षतिपुर्ति उपलब्ध नगराएको भन्दै संघर्ष समितिले आउँदो आईतवारदेखि पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा यातायात अबरुद्ध पार्ने घोषणा गरेको हो ।
संघर्ष समितिले राजविराजमा पत्रकार सम्मेलन गरी मृतकका परिवारलाई अहिले सम्म कुनै किसिमको क्षतिपुर्ति उपलब्ध नगराएकोले बाध्य भई आन्दोलनका थप कार्यक्रम घोषणा गरेको जनाएको छ ।
गत साउन ६ गते स्थानिय प्रशासनको पहलमा राजविराजमा भएको वार्तामा बस व्यवसायीले साउन ८ गतेसम्ममा क्षतिपुर्ति उपलब्ध गराउने आश्वास दिएपछि आफुहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेको बताउँदै संघर्ष समितिका संयोजक लक्ष्मण यादवले तर अहिलेसम्म मृतकका परिवारलाई कुनै किसिमको क्षतिपुर्ति उपलब्ध नभएकोले आन्दोलनमा जान लागेको बताउनुभयो ।
आईतवारदेखि रुपनीमा चक्काजाम गर्ने र सो क्रममा पुर्व बस व्यवसायी संघबाट सञ्चालित बसहरुलाई नियन्त्रणमा लिने संयोजक यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ