News Category 2072/05/06
बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा दुई ट्रकमा आगजनी आन्दोलनकारीले बसमा ढुङ्गामुढा गर्दा बस दुर्घटनाग्रस्त, १४ जना घाइते
राजविराज÷संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको शनिबार आठौं दिन बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा दुई मालबाहक ट्रकमा आगजनी गरेको छ ।
तरकारी लिएर पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको को १ ख ३३८९ नम्बरको ट्रकलाई बन्दकर्ताहरुले सप्तरीको भारदह–कोसी ब्यारेज सडक खण्डमा आगजनी गरेको हो । आगजनीबाट उक्त ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
यसअघि शनिबारै बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ७३०० नम्बरको मालबाहक ट्रकमा बन्दकर्ताहरुले सप्तरीको पोर्ताहास्थित पूर्व पश्चिम सडकखण्डमा आगजनी गरेका थिए ।
यस्तै बिहान ३ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ प्रहरीले स्कर्टिंग गरी लग्दै गरेको ना ४ ख ४२६६ नम्बरको बसमा सप्तरीको भारदहमै बन्दकर्ताले ढुंगामुडा गरेपछि अनिन्त्रित भई पल्टिएको थियो । उक्त क्रममा उक्त बसमा रहेका १४ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
यसैबीच बस पल्टिएको ठाउूमा पुगेका प्रहरीको टोलीले नजिकै रहेको खटर साह, मटर साह, हिरालाल साह, कामानन्द साहसहितका घरमा पसेर प्रहरीले महिलासमेतलाई निर्घात कुटपिट गरेको पीडितहरुले बताएका छन् ।
ढुंगामुडा हान्नेहरुलाई घरमा लुकाएको भन्दै उनीहरुलाई निर्घात कुटपिट गरेको पीडितहरुको भनाई छ । कुटपिटबाट स्थानीय कामानन्द साह, खटर साह, मटर साहसहित अन्य तीन जना महिला घाईते भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ