News Category 2072/05/06
भारदह घटनाबारे प्रशासन र मोर्चाबीच ६ बुँदे सहमति सहमति कार्यान्वयन गराउन गृह मन्त्रालय पठाइयो
राजविराज÷सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको अध्यक्षतामा शनिबार सम्पन्न सर्वपक्षिय भेलाले विभिन्न ६ बुँदे सहमतिको निर्णयहरु गरेको छ ।
सम्पन्न भेलाले भदौ १ गते भएको आन्दोलनको क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका राजिव भनिने राजेन्द्र कुमार राउलाई शहिद घोषणा गर्न माग, मृतकको परिवारलाई राहत स्वरुप २० लाख उपलब्ध गराउन, घटनाबारे छानबिन गर्न उच्च स्तरीय न्यायिक छानबिन समिति गठनलगायतको माग गृह मन्त्रालयलाई पठाउने निर्णय गरिएको हो ।
त्यस्तै मृतकका श्रीमतिलाई स्थायी रोजगारका साथै निजका दुई सन्तानलाई उच्च शिक्षातह सम्मको निःशुल्क शिक्षा व्यवस्था र तत्पश्चात योग्यता अनुसार नेपाल सरकारको निकायमा रोजगारीको सुनिश्चितता, मृतकका सम्भावना सार्वजनिक स्थानमा शलिक निर्माण गर्नुपर्ने तथा त्यस स्थानको नामाकरण निजको नामबाट गर्ने जिल्ल्ला र स्थानीयस्तरको सर्वपक्षिय भेला गर्ने र आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारको व्यवस्था गर्ने अविलम्ब उपचार खर्चको माग गर्न गृह मन्त्रालय पठाउने निर्णयका साथै प्रहरीको गोलीबाट घाईते भएका व्यक्ति अपाङ्ग भएमा तीनको भरण पोषणको व्यवस्था राजयले गर्ने निर्णय गरिएको छ ।
सो सर्वपक्षिय भेलामा प्रजिअ यादवका साथै सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्य, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक ह्दय नारायण मण्डल, सशस्त्र प्रहरी उपरिक्षक जनक बोहरा, अनुसन्धानका एसपी ठाकुर चन्द्र केसी लगायत विभिन्न राजनितिक दलका अध्यक्ष तथा प्रतिनिधि सहित अन्य सरोकारबाला निकायहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ