News Category 2072/05/06
प्रहरीले मान्छे ताकेर गोली चलाएको छ ः डा. दिक्षित
राजविराज÷नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले मधेसमा जारी आन्दोलनको मुद्दा राजनीतिक भएकाले सो मुद्दा राजनीति स्तरबाटै समाधान हुनेपर्ने बताउनु भएको छ ।
भदौं १ गते सप्तरीको भारदहमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि स्थानीय राजीव राउतको मृत्युपछि चर्केको आन्दोलनको अनुगमनका क्रममा सप्तरी आउनु भएका डा. दिक्षितको भारदहमा प्रहरी तर्फबाट ठूलो कमजोरी भएको बताउनुभयो ।
उहाँले भीडलाई नियन्त्रण गर्ने अनेक उपाय हुँदा हुँदैपनि प्रहरीले मान्छे ताकेर गोली चलाएको स्थलगत निरिक्षणबाट प्रष्ट देखेको जानकारी दिनुभयो ।
प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको बारेमा र घाईतेहरुको उपचारमा समेत सरकारी स्तरबाट उदासिनता देखिएको उहाँले बताउदै घटनाबारे सरकारी स्तरबाट अनर्गल प्रचारवाजी भईरहेको उहाँले ठहर गर्नुभयो ।
डा. दिक्षितले घटनाबारे न्यायीक छानबिन गठन गरी र दोषीलाई कारवाही गर्न सरकारलोई ढिलो नगर्न आग्रह समेत गर्नुभयो । मधेसको माग सम्बोधन गर्न सरकारले जति ढिला गर्छ मुलुकको माहौल त्यति बिग्रिदै जाने उहाँको कथन छ ।
सो टोलीमा चरण प्रसाई, दिनेश त्रिपाठी, बिमल अर्याल तथा गणेश मण्डल रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ