News Category 2072/05/07
सरकारले मृतक परिवारलाई १० लाख र घाइतेको स्वास्थ्य उपचार खर्च दिने ः प्रजिअ
दैनिक संवाददाता
राजविराज, ६ भदौं ।
सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ का राजिव भनिने राजेन्द्र राउतको परिवारजनलाई सरकारले रु. १० लाख दिने निर्णय गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार भारदह घटनामा घाइते भएकाहरुको स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने बताउनुभयो ।
उहाँले संघियता र नामांकन सम्बन्धि विषयमा भएको आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाहरुका लागि सो सहयोग प्रदान गर्ने निर्णय भएको आइतबार बसेको मन्त्रि परिषद्को बैठकबाट निर्णय गरिएको जानकारी दिनुभयो ।
यसअघि सो सम्बन्धमा शनिबार सर्वपक्षिय भेलाबाट मोर्चा र स्थानिय प्रशासनबीच प्रहरीको गोलीबाट मृत्यु भएका राजिव भनिने राजेन्द्र कुमार राउतलाई शहिद घोषणा गर्न, मृतकको परिवारलाई राहत स्वरुप २० लाख उपलब्ध गराउन, घटनाबारे छानबिन गर्न उच्च स्तरीय न्यायिक छानबिन समिति गठनलगायतको ६ बुँदे सहमति गरि गृह मन्त्रालयलाई पठाउने निर्णयहरु गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ