News Category 2072/05/07
रामसपाद्वारा पनि आन्दोलनमा जाने निर्णय
दैनिक संवाददाता
राजविराज, ६ भदौं ।
राष्ट्रिय मधेश समाजवादी पार्टी केन्द्रिय कार्य समितिको सम्पन्न दुई दिने बैठकले विभिन्न सात बुँदे माग अघि सार्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न केन्द्रिय कार्य समितिको बैठकले दोश्रो चरणको आन्दोलन अन्तर्गत मधेश र थरुहटमा अनिश्चितकालिन आमहडताल र नाकाबन्दी गर्ने घोषणा गरेको छ ।
पार्टीले समग्र मधेश दुई स्वायत्त प्रदेश अन्तर्गत झापादेखि पर्सासम्म एक प्रदेश र चितवनदेखि कंचनपुरसम्म थारु सामुदायको पहिचान झल्किने गरी अर्को प्रदेश हुनुपर्नेसहितका माग सार्वजनिक गरेको छ ।
चुरे मधेशको शिर भाग भएको हुनाले चुरे विना मधेशको कल्पना पनि गर्न नसकिनाले झापादेखि पर्सा सम्मको प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुर र चितवनदेखि कंचनपुरसम्मको उत्तरी जिल्लाहरुको चुरे क्षेत्र पर्ने भु–भागहरु राख्नुपर्ने माग अघि सारीएको छ ।
त्यस्तै सदियौदेखि राज्यले गरेको उपेक्षाका कारण आदिवासी, जनजाती, मधेशी, महिला, मुस्लिम, दलित समुदायहरुले आप्mनो अधिकार प्राप्तिको लागि गरिरहेको न्यायपुर्ण अन्दोलनमा राज्यपक्ष वा कुनै अन्य पक्षहरुबाट सम्प्रदायिकता भड्काउने किसिमका गतिविधी गर्नु खेदजनक रहेको जनाएको छ ।
त्यस्तै कुनै पनि पक्षलाई भावनामा आएर घृनित कार्य नगर्न आग्रह गर्नुका साथै मुस्लिम समुदायहरुको सन्दर्भमा आप्mनै सामाजिक, धार्मिक र साँस्कृतिक नियम कानुन र परम्परा भएकोले त्यसलाई कानुनी मान्यता प्रदान गरिनुका साथै अन्य आयोगहरु जस्तै आदिवासी जनजाती आयोग, मुस्लिम आयोग र मधेशी आयोगलाई संवैधानिक आयोग बनाईनुका साथै छुटै संरक्षित क्षेत्र घोषणा गर्नुका साथै विशेषाधिकारको पनि ग्यारेन्टी गरिनुपर्ने माग गरीएको छ ।
यसैगरी थरुहट र मधेशमा निरन्तर रुपमा भैईरहेको आन्दोलनको क्रममा शहादत प्राप्त गर्नु हुने विर शहिदहरुप्रति हार्दिक श्रद्धान्जली अपर्ण गर्नुका साथै सप्तरीको भारदहमा सहादत प्राप्त गरेका वीर शहिद राजिव राउतको सन्दर्भमा मधेशी मोर्चा सप्तरीले उठाएका माँगप्रति एक्यवद्धता जनाउँदै ती मागहरु अविलम्व पुरा गराउन माग गरेको छ ।
साथै पार्टीले विभिन्न प्रक्रियाहरुमा राख्दै आएका नागरिकता सम्बन्धमा धर्मको सम्बन्धमा, थ्रेस होल्डको सम्बन्धमा, निर्वाचन प्रणालीको सम्बन्धमा, राज्य सभा सदस्यको सम्बन्धमा, धारा २८२ सम्बन्धमा, प्रस्तावनामा मधेश आन्दोलनको सम्बन्धमा, स्वायत्त क्षेत्र सम्बन्धमा, अविशिष्ट अधिकारको सम्बन्धमा समावेशी समानुपातिक सिद्धान्तको सम्बन्धमा फरकमतमा राखिएको धारणा बमोजिम नै पुरा गर्नुपर्ने तथा ब्यक्तिगत स्वार्थ र सम्प्रदायिकता भड्काउने उद्देश्यका साथ गरिएको ठारी र नवलपरासीको विभाजन मान्न नसकिने भन्दै ठारीलाई पर्सामा र नवलपरासीको भाग खण्डित नगर्न माग गरिएको छ ।
यस्तै सम्पन्न बैठकले आमहडतालमा जिल्लाका सदरमुकाम र अन्य महत्वपुर्ण बजार तथा चौकहरुमा जुलुस ¥याली प्रदर्शन लगायत कोणसभाहरु आयोजना गर्ने निर्णय गरिएको छ ।
यसैबीच पर्टीले अध्यक्ष भण्डारीको संयोजकत्वमा १७ सदस्यीय आन्दोलन परिचालन समिति समेत गठन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ