News Category 2072/05/09
मधेश आन्दोलन ३ का क्रममा तीनको मृत्यु आन्दोलनका क्रममा गौर र रुपन्देहीमा थप दुईको मृत्यु
दैनिक संवाददाता
राजविराज, ८ भदौं ।
मधेशी मोर्चाको आह्वानमा विगत ११ दिनदेखी थालिएको मधेश आन्दोलन ३ मा मंगलबार सम्ममा तीन जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक मधेशी मोर्चाको आन्दोलनका क्रममा मंगलबार रौतहटको गौरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले मंगलबार दिउँसो गोली चलाएको थियो । गोली लागि मठिया गाविसका १८ वर्षीय राजकिशोर ठाकुर गम्भीर घाइते भएका थिए ।
उनको पेटमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उपचारका लागि वीरगञ्ज लैजाँदै गरेका उनको बाटैमा मृत्यु भएको रौतहट जिल्ला अस्पतालका डा. कृष्ण साहले जानकारी दिनुभयो ।
१८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् ।
गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो ।
स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।
स्थानीय सञ्चारकर्मीहरुसम्म यो कुरा पुगेपछि उनीहरुले रेडक्रसलाई खबर गरेका थिए । त्यसपछि रेडक्रसको टोलीले युवकको उद्धार गरी जिल्ला अस्पताल गौर ल्याएको थियो ।
यसैबीच बिहिवार रुपन्देहीको बेलहियामा भएको झडपमा घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको बन्दका क्रममा आन्दोलनकारी भैरहवा भन्सार कार्यालयमा ताला लगाउने भन्दै बेलहिया पुगेपछि प्रहरी, बन्दको प्रतिकार समूह र आन्दोलनकारीबिच झड्प भएको थियो ।
झडपका क्रममा रुपन्देही कम्हरीया निहिवाका २० वर्षीय दुर्गेश यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल लगिएको थियो ।
त्यहाँबाट नेपाल मेडिकल कलेज शिक्षण अस्पताल रिफर भएका उनको उपचारका क्रममा मंगलबार मध्यान १२ बजेतिर निधन भएको हो ।
यसअघि भदौं १ गते शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागि सप्तरीको भारदहमा राजिव भनिने राजेन्द्र राउतको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ