News Category 2072/05/09
राजिवको शवयात्रा पश्चात् अन्त्येष्ठि
दैनिक संवाददाता
राजविराज, ८ भदौं ।
मधेशी मोर्चाको अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलनका क्रममा सप्तरीको भारदहमा भदौं १ गते प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी राजिव भनिने राजेन्द्र राउतको मंगलबार बिहान सप्तरीमा शव यात्रा पश्चात् साँझ अन्त्येष्ठि गरिएको छ ।
मंगलबार साँझ राउतको गृह घर भारदहस्थित कोशी व्यारेजमा अन्त्येष्ठि गरिएको हो ।
भारदह चौकबाट हजारौंको संख्यामा रहेको सप्तरीवासीहरुले सम्मिलित उक्त शव यात्रा सप्तरीको हनुमानगर, राजविराज, रुपनी, सिरहाको लहानबाट रुपनी, कंचनपुरहुँदै पुनः भारदहस्थित कोशी ब्यारेजमा अन्त्येष्ठि गरिएको मधेशी मोर्चा सप्तरीका नेता शम्भु झाले जानकारी दिनुभयो ।
सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले हनुमानगरमा तथा र तमलोपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले राउतलाई बिरेन्द्र बजारमा श्रद्धाञ्जली अर्पण गर्नु भयो । यस्तै सद्भावनाकै उपाध्यक्ष रामबाबु साह, महासचिव मनिषकुमार सुमन, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु यादव, सदस्य शैलेन्द्र प्रसाद साह, तमलोपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुरलगातयतका व्यक्तिहरुले राउतलाई श्रद्धाञ्जली दिनुभएको थियो ।
यता भारदहबाट निस्केको शवयात्रा राजविराजस्थित गजेन्द्र चौकमा आएपछि श्रद्धाञ्जली दिनेहरुको घुँइचो लागेको थियो । सयौंको संख्यामा मोटरसाइकल, टूयाक्टर, टूक, जिप लगायतका सवारीसाधनहरुमा आएका हजारौं सप्तरीवासीहरुले राउतलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मृतक परिवारलाई रु. १० लाख र आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य उपचारको खर्च सरकारले नै व्यहोर्ने भनेपछि सोमबार राती राउतको शव विपी कोइराला विज्ञान प्रतिष्ठान धरानबाट इटहरी, इनरुवाहुँदै भारदह ल्याइएको थियो ।
यता सदरमुकाम राजविराजमा शवयात्रा आउनु अगावै बिहानदेखी सुरक्षाकर्मीहरुको उपस्थिति शुन्य रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ