News Category 2072/05/10
“सात प्रदेशको संघियता औचित्यहिन”
दैनिक संवाददाता
राजविराज, ९ भदौं ।
चार दलले ल्याएको महेन्द्रवादी एवं अधिकार बिहिन सात प्रदेश संघियताको कुनै औचित्य नभएकोले अधिकार सम्पन्न सामथ्र्य र पहिचान सहितको संघियताको घोषणा गर्नुपर्ने माग संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले गरेको छ ।
समितिका केन्द्रिय प्रवक्ता बलराम प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा उत्पीडित एवं शोषित जनताद्धारा गरिएको शान्तिपुर्ण आन्दोलनमा शहादत प्राप्त शहिदहरुको शहिद घोषणा गरी, आन्दोलनमा घाईतेलाई निmशुल्क उपचार खर्च, शहिद परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरीएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा विगतमा भएको मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम एवं पिछडा वर्गको आन्दोलन पश्चात भएको सम्झौताको कुनै वास्ता एवं कार्यान्वयन नभएकोले राष्ट्रिय आत्मनिर्णयको अधिकार सहित समग्र मधेश एक स्वायत्त प्रदेशको संविधानमा ग्यारेन्टी नभएसम्म र संविधान निर्माण प्रक्रिया स्थगित नभएसम्म सरकारले गर्न नौटकी रुपी वार्ता एवं सम्झौतामा नपरी सम्झौता बिहिन आन्दोलन जारी रहने तथा यस समयको निर्णायक मुक्ति आन्दोलनमा सहभागि हुन सबै पक्षसँग अनुरोध समेत गरीएको छ ।
मधेशी, आदिवासी, जनजातीद्वारा भईरहेको शान्तिपुर्ण आन्दोलनको माग राजनीतिक तवरले समाधान गर्नको साटो सरकारले लिएको दमनको नीति नरोकिएमा देश गम्भिर गृह युद्धमा जाने संकेत देखिएको अवस्था भयावह हुने भएकोले अगामी दिनमा यसबाट उत्पन्न हुने परिणामको जिम्मा सरकारले स्वय लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरीएको छ ।
साथ चार दलको सिन्डिकेटबाट आएको संघियताको खाकाको विरुद्धमा भईरहेको मधेशी एवं थारु आन्दोलनमा प्रहरी प्रशासनबाट भईरहेको श्रृखलावद्ध हत्याप्रति आन्दोलन समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मधेशको विभिन्न जिल्लामा सेना परिचालन गरी कैलालीको टिकापुरमा कर्फयुको समयमा सेनाको उपस्थितिमा थारु जनताको घरमा तथा संचार गृहहरुमा योजनाबद्ध तरीकाले आगो लगाउने कार्य रुपन्देहीको भैरहवा, रौतहटको गौर, सप्तरीको भारदहमा मधेशी जनतामाथि गरिएको दमन र आतंक विगतमा भएको मधेश आन्दोलनको क्रममा नेपालगंज घटनाको रुप भएकोले उक्त घटनाको घोर भत्सर्ना गर्दै अविलम्व सेनालाई सडकबाट हटाई ब्यारेक फिर्ता गर्न माग समेत गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ