News Category 2072/05/11
सेना र कर्फ्यु नहटाएसम्म शिर्ष नेताहरुलाई तराईको भुमिमा खुट्टा समेत टेक्न नदिने लेखीको चेतावनी
दैनिक संवाददाता
राजविराज, १० भदौं ।
आदिवासी जनजाति महासंघका केन्द्रिय सल्लाहकार एवं केन्द्रिय आन्दोलन परिचालन समितिका सदस्य राजकुमार लेखीले तराई मधेशका जिल्लाहरुमा परिचालन गरिएको सेना र कर्फ्यु नहटाएसम्म शिर्ष नेताहरुलाई तराईको भुमिमा खुट्टा समेत टेक्न नदिने चेतावनी दिनुभएको छ ।
मधेशी मोर्चा सप्तरीद्वारा बिहीबार राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै लेखीले विगतमा भएको सहमतिहरुलाई संस्थागत नगरेर शासक वर्गले पुनः सत्ता कब्जा गर्न लागेको आरोप लगाउनुभयो । उहाँले बार्ताको लागि सरकार नाटक गरेर आन्दोलनलाई तुहाउन खोजेको आरोप समेत लगाउनुभयो ।
उहाँले विगतमा भएको जनयुद्ध, मधेशी, थारु, जनजाती लगायतका आन्दोलनहरुको उपलब्धिलाई संस्थागत गरेर लिखित प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले मधेशी, थारु, जनजाती, आदिवासी, मुस्लिम, पिछडावर्ग लगायतले आफ्नो हकअधिकारका सुनिश्चितताका लागि आन्दोलन अझ सशक्त रुपमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आप्mनो हक अधिकार माग गर्दै शान्तिपुर्ण आन्दोलन गरीरहेका निहत्था जनतालाई गोली हानी दमन गर्ने नीति बन्द गर्न माग गर्दै आफुलाई पक्राउ गर्न सरकारसमक्ष चुनौती दिनुभयो ।
एक अर्को प्रसङ्गमा लेखीले थारु मधेशीको आन्दोलन अहिंसात्मक भइरहेको उल्लेख गर्दै आन्दोलनलाई सरकारले नै हिंसात्मक रुप दिन खोजेको आरोप समेत लगाउनुभयो । लेखीले मधेशी थारु अब शासकको गुलाम नबन्ने बताउदै वर्तमान काँग्रेस एमालेको सरकारले अब जनताको अगाडी घुडा टेक्न बाध्य हुने दाबी गर्नुभयो ।
टिकापुर घटना जस्तो बनाउन सरकारले अन्य जिल्लामा वातावरण बनाउन खोजेको आरोप लगाउँदै उहाँले त्यसप्रति सम्पुर्ण आन्दोलनकारीलाई सतर्क रहन आग्रह समेत गर्नुभयो । राज्य सत्ताले मधेशी थारुहरुको स्थानीय भाषालाई स्थापित गर्न महत्व नदिएको आरोप लगाउदै अहिले पनि ती समुदाय राज्यको १० औं र ११ औं दर्जाको नागरिक बन्न बाध्य भएको जिकिर गर्नुभयो ।
उहाँले विगत तीन सात्तादेखि तराई मधेशमा आन्दोलन जारी रहेपनि मानवअधिकार तथा राष्ट्रिय संचार माध्यम समेत मौन बसेर थारु मधेशको आन्दोलनलाई दबाउन खोजेको आरोप लगाउनुभयो ।
सभालाई सम्बोधन गर्दै लेखीले जारी आन्दोलनलाई अझ सक्रिय गर्न दिनहुँ मसाल जुलुस, पुतला दहन जस्ता कार्यक्रम गर्नुपर्ने जरुरी रहेको बताउनुहुँदै भन्नुभयो, “सरकार अन्धो छ, बहिरो छ यसले मधेशी थारुहरुको शान्तिपूर्ण आन्दोलनको मर्म बुझ्दैन ।”
सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, मधेशी मोर्चाका संयोजक दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नेपाल सदभावना पार्टीका हरी मण्डल, महिला फेरमकी सुनिता साह, महिला मंचकी पुनम यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रिय अध्यक्ष रविन्द्र मण्डल लगायतका बक्ताहरुले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ