News Category 2072/05/12
पाँच हजारको सहभागितामा विशाल लाठी जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
हकअधिकारका लागि जारि मधेश आन्दोलनको १४ औं दिन शुक्रबार राजविराजमा करिब पाँच हजारको सहभागितामा विशाल लाठी जुलुस प्रदर्शन गरिएको छ ।
मधेशी मोर्चा सप्तरीको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट पाँच हजारको संख्यामा निस्केको लाठीसहितको जुलुसका सहभागिाहरुले मधेशी जनताको हकअधिकार संविधानमा सुनिश्चित गर्न माग गरेका छन् । लाठीसहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा सदभावना पार्टीका केन्द्रिय महासचिव मनिष कुमार सुमन, संघिय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, अधिबक्ता अशोक कुमार चौधरी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, तराई मधेश सद्भावना पार्टीका कपिलदेव यादव, दिलिप यादव लगायतका बक्ताहरुले मधेशको मुक्ति नभएसम्म मधेशमा आन्दोलन नरोकिने बताउँनुभयो ।
यसैबीच सप्तरीको रुपनी बजारमा समेत बृहत लाठी जुलुस प्रदर्शन गरिएको छ । रुपनी बजारमा निकालिएको बृहत लाठी जुलुस रुपनी बजारको परिक्रमा पश्चात् बिरोध सभामा परिणत भएको थियो । सो सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका सहसचिव उपेन्द्र चौधरी, सद्भावना पार्टीका जिल्ला सचिव हरेराम यादव, लाल बहादुर मृहता, संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य सदानन्द यादव, मजदुर नेता श्री कान्त चौधरी, मुकेश कर्ण, कुन्ती यादव, ब्यापारी हरेराम दास लगायतका बक्ताहरुले माग पुरा नभएसम्म आन्दाृलन नरोकिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ