News Category 2072/05/12
पाँच हजारको सहभागितामा विशाल लाठी जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
हकअधिकारका लागि जारि मधेश आन्दोलनको १४ औं दिन शुक्रबार राजविराजमा करिब पाँच हजारको सहभागितामा विशाल लाठी जुलुस प्रदर्शन गरिएको छ ।
मधेशी मोर्चा सप्तरीको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट पाँच हजारको संख्यामा निस्केको लाठीसहितको जुलुसका सहभागिाहरुले मधेशी जनताको हकअधिकार संविधानमा सुनिश्चित गर्न माग गरेका छन् । लाठीसहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा सदभावना पार्टीका केन्द्रिय महासचिव मनिष कुमार सुमन, संघिय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, अधिबक्ता अशोक कुमार चौधरी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, तराई मधेश सद्भावना पार्टीका कपिलदेव यादव, दिलिप यादव लगायतका बक्ताहरुले मधेशको मुक्ति नभएसम्म मधेशमा आन्दोलन नरोकिने बताउँनुभयो ।
यसैबीच सप्तरीको रुपनी बजारमा समेत बृहत लाठी जुलुस प्रदर्शन गरिएको छ । रुपनी बजारमा निकालिएको बृहत लाठी जुलुस रुपनी बजारको परिक्रमा पश्चात् बिरोध सभामा परिणत भएको थियो । सो सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका सहसचिव उपेन्द्र चौधरी, सद्भावना पार्टीका जिल्ला सचिव हरेराम यादव, लाल बहादुर मृहता, संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य सदानन्द यादव, मजदुर नेता श्री कान्त चौधरी, मुकेश कर्ण, कुन्ती यादव, ब्यापारी हरेराम दास लगायतका बक्ताहरुले माग पुरा नभएसम्म आन्दाृलन नरोकिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ