News Category 2072/05/12
नेपाल मानव अधिकार संगठनद्वारा जारि आन्दोलनमा सरकारी दमनको निन्दा
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
नेपाल मानव अधिकार संगठन सप्तरीले मधेशको विभिन्न भागमा भईरहेको हक अधिकारको लागी शान्तिपुर्ण आन्दोलनमा प्रहरी प्रशाासनबाट भएको दमन, लाठी चार्ज, गोली प्रहार र अश्रु ग्यास तथा सेना परिचालन २०६३ को आन्तरिम संविधान विपरित कार्य नेपाल सरकारले गरेको प्रति घोर भत्र्सना गरेको छ ।
संगठनका अध्यक्ष हेमनारायण चौधरीद्वारा शुक्रबार जारि विज्ञप्तिमा नेपाली जनताले आफनो हक अधिकार माग्न पाउने अधिकार आन्तरिम संविधानमा प्रावधान हुदा हुदै नेपाल सरकारले संवैधानिक प्रकृया पुरा नगरी सेना परिचालन गरिनु अन्तरिम संविधानको मर्म तथा मानव अधिकारको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संन्धी सम्झौता विपरित बर्तमान सरकारवाट तराईको विभिन्न भागमा जारी आन्दोलनमा परिचालन गरिएको सेनालाई फिर्ता लिन ध्यान आकृष्ट गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा नेपाल सरकारको पक्षवाट निहत्था जनतालाई दमन गर्ने उद्देश्यले सप्तरीको भारदह, रौतहटको गौर, महोत्तरी, धनुषा, पर्सा र कैलालीको टीकापुर लगायत तराई मधेशमा भइरहेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज तथा गोली हानी जानी जानी हत्या समेत गरेको ज्याजदती प्रति संगठनले खेद प्रकट गरेको जनाएको छ ।
यस्तै विज्ञप्तिमा मधेशको आन्दोलन दिन प्रतिदिन कडा रुपमा बढ्दै गइरहेको अवस्थामा तथा बन्दका कारण जनताको जीवन कष्टकर हुदै गइरहेकोले नेपाल सरकार वार्तावाट उदासिन देखिएकोले आन्दोलनरत पक्षसँग पुर्व भएको सम्झौता समेतलाई मध्यनजर राखि वार्ताको माध्यमवाट समस्याको समाधान अविलम्व समस्या समाधान गर्न जिल्ला प्रशासन सप्तरी मार्फत नेपाल सरकारलाई ध्यान आकर्षण गराउने निर्णय गरेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ