News Category 2072/05/13
प्रधानमन्त्रिको शव यात्रा तथा केपी ओलीको बेइज्जती जुलुस निकालियो
राजविराज÷मधेशी मोर्चा सप्तरीले शनिबार प्रधानमन्त्रि शुशिल कोइरालाको शव यात्रा निकालेको छ ।
स्थानिय गजेन्द्र चौकदेखी निकालिएको सो शवयात्रा नगरको विभिन्न भागको परिक्रमा पश्चात् आन्दोलन चौकमा अन्तिम संस्कार गरिएको थियो ।
अन्तिम संस्कारपछि अयोजित मोर्चाका क्षेत्रयि संयोजक लक्ष्मण यादवो अध्यक्षतामा सम्पन्न बिरोध सभामा सद्भावना पार्टीका रक्षा बाहिनी प्रमुख बिनोद यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, नेकपा (माओवादी) का यूवा जनसुरक्षा बल सप्तरीका सदस्य राजा यादव, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाद सिंहलगायतले मधेश र मधेशीको हकअधिकार प्राप्त नभएसम्म आन्दोलन जारि रहेको बताए ।
यसअघि बिहीबार राजविराजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रुपधारणा गराई बेइज्जत जुलुस निकालेको छ ।
सो जुलुसमा स्थानिय कलाकार पशुपति दासलाई ओलीको रुपधारण गराई नगरको परिक्रमा गराइएको थियो भने उनलाई पछि पछि आन्दोलनकारीहरु नाटकिय रुपमा बाँधेर डो¥याइरहेका थिए ।
मधेश र मधेशीलाई गाली गर्ने ओलीलाई मोर्चाका नेता तथा कार्यकर्ताहरुले कुटपिट गर्नुका साथै गाली गलोज गरी बजार परिक्रमा गराएका थिए । त्यस पश्चात् जनआन्दोलन चौकमा पुगेर ओलीको रुप धारण गरेका स्थानिय कलाकारले पशुपति दासले अबदेखि मधेशी जनतामाथि गाली गलौज नगर्ने प्रतिवद्धता जनाएका थिए ।
यसैगरि सप्तरीको कंचनपुरमा पनि सभासद् लक्ष्मी चौधरीको अगुवाईमा बिरोध सभाको आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ