News Category 2072/05/14
राजिवका परिवारलाई अमेरिकामा बसेका सप्तरीवासीद्वारा रु. १ लाख र नेसपाद्वारा ५१ हजार प्रदान
दैनिक संवाददाता
राजविराज, १३ भदौं ।
शान्तिपूर्ण आन्दोलनका क्रममा भदौं १ गते सप्तरीको भारदहमा प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी राजिव भनिने राजेन्द्र राउतको आइतबार १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
सो अवसरमा राजिवका पत्नि निलम राउतलाई सप्तरीका शम्भुनाथ निवासी एवं राजनीतिकर्मी उम्देश्वर साहले राहत स्वरुप रु १ लाख १ हजार हस्तान्तरण गर्नुभयो ।
अमेरिकामा बस्नु भएका साहका छोरा सत्येन्द्र साहले सो रकम राउतका परिवारजनलाई उपलब्ध गराउनु भएको हो । सो रकम राउतका छोराछोरीको लालन पालन तथा शिक्षादिक्षामा सहयोग गर्ने उद्देश्यले उपलब्ध गराइएको छोरो भनाईलाई उद्धृत गर्दै बुबा उम्देश्वरले जानकारी दिनुभयो ।
यस्तै अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी केन्द्रिय कार्यालयले राउतका परिवारलाई राहत स्वरुप रु. ५१ हजार प्रदान गरिएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा भारदहमा आयोजित श्रद्धाञ्जली सभामा सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबु, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, नेकपा (माओवादी) का केन्द्रिय सदस्य महेश प्रसाद यादव, देवलाल यादव, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार सिंह, फोरम आन्दोलन परिचालन समितिका संयोजक शम्भु झा, तमलोपाका सुरेन्द्र मण्डल, सदभावना पार्टीका जिल्ला सचिव बलराम यादव, कपिदेव यादव, भागवत मण्डल, सावित्री पण्डित लगायतका बक्ताहरुले स्व. राउतप्रति हार्दिक श्रद्धान्जी अपर्ण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ