News Category 2072/05/14
जारि आन्दोलनमा बौद्धिक एवं पेशागत समाज र निर्माण व्यवसायी संघ सप्तरीद्वारा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, १३ भदौं ।
जारि मधेश आन्दोलनप्रति एक्यबद्धता जनाउँदै बौद्धिक एवं पेशागत समाज र निर्माण व्यवसायी संघ सप्तरीले आइतबार राजविराजमा मौन जुलुस निकालेका छन् ।
भावि संविधानमा मधेश र मधेशीहरुको हकअधिकार सुनिश्चित गर्न माग गर्दैै सरकारी दमन बिरुद्ध मौन जुलुस निकालेका हुन् ।
बौद्धिक एवं पेशागत समाज सप्तरीका संयोजक एवं वरिष्ठ राजनीतिक खुशिलाल मण्डलको अगुवाइमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गनबाट निस्केको मौन जुलसमा सभागिहरुले पूर्व सहमति अनुसार संविधान जारि, प्रस्तावित संघीय संरचनालाई परिमार्जित गरि मधेशी, थारु, आदिवासी, जनजाती, मुश्लिमलगायतको माग सम्बोधन, प्रेस स्वतन्त्रता तथा संविधान विरुद्ध सेना परिचालन बन्द गर्न माग गर्दै प्लेकार्ड बोकेका थिए ।
मौन जुलुस पश्चात् स्थानिय जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । समाजका संयोजक एवं वरिष्ठ राजनीतिकर्मी खुशिलाल मण्डलको अध्यक्षमा आयोजित सभामा वरिष्ठ अधिवक्ता हिम्मत सिंहले सरकारले विगतमा गरेको विभिन्न सम्झौतारु कार्यान्वयन गरेर संविधान जारि गर्न आग्रह गर्नुभयो । सो सभामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष भोगेन्द्र यादव, पूर्व प्रअ मिना ठाकुर, प्राध्यापक देव नारायण यादव, इन्जिनियर इन्द्र नारायण देव, नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष फुलेश्वर मण्डल लगायतले राज्यपक्षले बल प्रयोगबाट आन्दोलनलाई दबाउन खोजेर ल्याउन खोजेको संविधान अमान्य हुने बताउनुभयो ।
त्यस्तै निर्माण व्यवासयी संघ सप्तरीका अध्यक्ष रामअशिष साहको नेतृत्वमा आन्दोलनप्रति एक्यबद्धता जनाउँदै आफ्नो कार्यालयबाट मौन जुलुस निकालेको थियो ।
त्यसै गरि थारु महिलाहरुले सप्तरीको रुपनीबाट साइकल ¥याली निकालेका थिए । रुपनीबाट सप्तरी सदरमुकाम राजविराजसम्म १० किलोमिटर सम्म सो ¥याली निकालिएको थियो । ¥याली पश्चात् स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । थारु महिला समाजकी लक्ष्मी चौधरीको अध्यक्षता तथा सभासद मानपुर चौधरीको प्रमुख अतिथिमा सो बिरोध सभा सम्पन्न भएको छ ।
यसअघि नागरिक समाज, जातिय संगठन, नेपाल कथबनियाँ सेवा समाज केन्द्रिय कार्यालय राजविराज, क्रियाशिल स्वास्थ्य संगठनहरु, पुनरावेदन र जिल्ला बार इकाई समितिले जारि आन्दोलनलाई एक्यबद्धता जनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ