News Category 2072/05/16
मुलुक सैनिकीकरण तर्फ उन्मूख हुँदै ः लेखी
दैनिक संवाददाता
राजविराज, १५ भदौं ।
आदिवासी जनजाति महासंघका केन्द्रिय सल्लाहकार राजकुमार लेखीले सरकारले मुलुकलाई सैनिकीकरण तर्फ उन्मूख गर्न खोजेको आरोप लगाउनुुभएको छ ।
थारु कल्याणकारीणी सभा सप्तरीको आयोजनामा मंगलबार राजविराजमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै लेखीले तराई मधेशका सम्पूर्ण जिल्लाहरुमा सरकारले सेना परिचालन गरेर जारि आन्दोलनलाई दबाउन खोजिरहेको आरोप लगाउनुभयो ।
उहाँले आप्mनो हक अधिकार माग गर्दै शान्तिपुर्ण आन्दोलन गरीरहेका निहत्था जनतालाई गोली हानी दमन गर्ने नीति बन्द गर्न माग गर्दै आफुलाई पक्राउ गर्न सरकारलाई चुनौती दिनुभयो ।
आन्दोलन परिचालन समितिका सदस्य समेत रहनुभएका लेखीले थारु मधेशीको आन्दोलन अहिंसात्मक भइरहेको उल्लेख गर्दै आन्दोलनलाई सरकारले नै हिंसात्मक रुप दिन खोजेको आरोप लगाउनुभयो ।
टिकापुर घटना जस्तो बनाउन सरकारले अन्य जिल्लामा वातावरण बनाउन खोजेको आरोप लगाउँदै उहाँले त्यसप्रति सम्पुर्ण आन्दोलनकारीलाई त्यसप्रति सतर्क रहन आग्रह समेत गर्नुभयो ।
उहाँले मधेशी थारु अब शासकको गुलाम नबन्ने बताउदै वर्तमान काँग्रेस एमालेको सरकारले अब जनताको अगाडी घुडा टेक्न बाध्य हुने दाबी गर्नुभयो ।
विगतमा भएको सहमतिहरुलाई संस्थागत नगरेर शासक वर्गले पुनः सत्ता कब्जा गर्न लागेको आरोप लगाउदै उहाँले वार्ताको लागि सरकारले नाटक गरेर आन्दोलनलाई तुहाउन खोजेको बताउनुभयो ।
थारु कल्याणकारीणी सभाका पूर्वमहासचिव समेत रहनु भएका लेखीले विगतमा भएको जनयुद्ध, मधेशी, थारु, जनजाती लगायतका आन्दोलनहरुको उपलब्धिलाई संस्थागत गरेर लिखित प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने दृढता व्यक्त गर्नुभयोबस् ि।
मधेशी, थारु, जनजाती, आदिवासी, मुस्लिम, पिछडावर्ग लगायतले आफ्नो हकअधिकारका सुनिश्चितताका लागि आन्दोलन अझ सशक्त रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
सो बिरोध सभामा एमाओवादीका सभासद् मानपुर चौधरीले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ