News Category 2072/05/16
मुलुक सैनिकीकरण तर्फ उन्मूख हुँदै ः लेखी
दैनिक संवाददाता
राजविराज, १५ भदौं ।
आदिवासी जनजाति महासंघका केन्द्रिय सल्लाहकार राजकुमार लेखीले सरकारले मुलुकलाई सैनिकीकरण तर्फ उन्मूख गर्न खोजेको आरोप लगाउनुुभएको छ ।
थारु कल्याणकारीणी सभा सप्तरीको आयोजनामा मंगलबार राजविराजमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै लेखीले तराई मधेशका सम्पूर्ण जिल्लाहरुमा सरकारले सेना परिचालन गरेर जारि आन्दोलनलाई दबाउन खोजिरहेको आरोप लगाउनुभयो ।
उहाँले आप्mनो हक अधिकार माग गर्दै शान्तिपुर्ण आन्दोलन गरीरहेका निहत्था जनतालाई गोली हानी दमन गर्ने नीति बन्द गर्न माग गर्दै आफुलाई पक्राउ गर्न सरकारलाई चुनौती दिनुभयो ।
आन्दोलन परिचालन समितिका सदस्य समेत रहनुभएका लेखीले थारु मधेशीको आन्दोलन अहिंसात्मक भइरहेको उल्लेख गर्दै आन्दोलनलाई सरकारले नै हिंसात्मक रुप दिन खोजेको आरोप लगाउनुभयो ।
टिकापुर घटना जस्तो बनाउन सरकारले अन्य जिल्लामा वातावरण बनाउन खोजेको आरोप लगाउँदै उहाँले त्यसप्रति सम्पुर्ण आन्दोलनकारीलाई त्यसप्रति सतर्क रहन आग्रह समेत गर्नुभयो ।
उहाँले मधेशी थारु अब शासकको गुलाम नबन्ने बताउदै वर्तमान काँग्रेस एमालेको सरकारले अब जनताको अगाडी घुडा टेक्न बाध्य हुने दाबी गर्नुभयो ।
विगतमा भएको सहमतिहरुलाई संस्थागत नगरेर शासक वर्गले पुनः सत्ता कब्जा गर्न लागेको आरोप लगाउदै उहाँले वार्ताको लागि सरकारले नाटक गरेर आन्दोलनलाई तुहाउन खोजेको बताउनुभयो ।
थारु कल्याणकारीणी सभाका पूर्वमहासचिव समेत रहनु भएका लेखीले विगतमा भएको जनयुद्ध, मधेशी, थारु, जनजाती लगायतका आन्दोलनहरुको उपलब्धिलाई संस्थागत गरेर लिखित प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने दृढता व्यक्त गर्नुभयोबस् ि।
मधेशी, थारु, जनजाती, आदिवासी, मुस्लिम, पिछडावर्ग लगायतले आफ्नो हकअधिकारका सुनिश्चितताका लागि आन्दोलन अझ सशक्त रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
सो बिरोध सभामा एमाओवादीका सभासद् मानपुर चौधरीले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ