News Category 2072/05/17
युवा विद्यार्थीद्वारा गद्हा जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १६ भदौ ।
संयुक्त मधेशी मोर्चाको युवा विद्यार्थीहरुद्वारा बुधबार राजविराजमा गद्हा जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चौकबाट निकालिएको बिरोध जुलुसमा जनता बिरोधि सत्ताधारीहरुलाई “गद्हा“ को संज्ञा दिदै सो गद्हा सहितको जुलुसु नगरको परिक्रमा गराइएको थियो ।
नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा आयोजित बिरोध सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, नेपाल सद्भावना पार्टीका युवा नेता बिनोद मण्डल, विद्यार्थी नेता दिनेश शर्मा, तमलोपा युवा नेता फणिकान्त झा, मधुसुदन यादव, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, पार्टीका भातृ संगठन विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, सुभाष यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, नेकपा माओवादीका युवा नेता राजा यादव, शशिकान्त यादव, रामसपाका विद्यार्थी नेता तुलानाथ माझी, शिक्षक जमाहर यादव, महिला नेतृद्वय रमिला साह, साबित्री पण्डित लगायतका बक्ताहरुले अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।
यता मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीको पत्थरगाडा चौकमा एउटा बोलेरोमा तोडफोड गरेका छन् ।
मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरी काठमाण्डौ तर्फ जाने लागेको ज.१ ज ३५१ नम्बरको बोलेरोलाई आन्दोलनकारीहरुले तोडफोड गरेको संघिय समाजवादी फोरम नेपालका क्षेत्र न. ४ का क्षेत्रिय अध्यक्ष एवं मधेशी मोर्चाका क्षेत्रिय अध्यक्ष अमरनाथ यादवले जानकारी दिनुभयो ।
तोडफोडबाट बोलेरोको सिसा तथा अन्य ठाउँमा पुर्ण क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ