News Category 2072/05/17
युवा विद्यार्थीद्वारा गद्हा जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १६ भदौ ।
संयुक्त मधेशी मोर्चाको युवा विद्यार्थीहरुद्वारा बुधबार राजविराजमा गद्हा जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चौकबाट निकालिएको बिरोध जुलुसमा जनता बिरोधि सत्ताधारीहरुलाई “गद्हा“ को संज्ञा दिदै सो गद्हा सहितको जुलुसु नगरको परिक्रमा गराइएको थियो ।
नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा आयोजित बिरोध सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, नेपाल सद्भावना पार्टीका युवा नेता बिनोद मण्डल, विद्यार्थी नेता दिनेश शर्मा, तमलोपा युवा नेता फणिकान्त झा, मधुसुदन यादव, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, पार्टीका भातृ संगठन विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, सुभाष यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, नेकपा माओवादीका युवा नेता राजा यादव, शशिकान्त यादव, रामसपाका विद्यार्थी नेता तुलानाथ माझी, शिक्षक जमाहर यादव, महिला नेतृद्वय रमिला साह, साबित्री पण्डित लगायतका बक्ताहरुले अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।
यता मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीको पत्थरगाडा चौकमा एउटा बोलेरोमा तोडफोड गरेका छन् ।
मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरी काठमाण्डौ तर्फ जाने लागेको ज.१ ज ३५१ नम्बरको बोलेरोलाई आन्दोलनकारीहरुले तोडफोड गरेको संघिय समाजवादी फोरम नेपालका क्षेत्र न. ४ का क्षेत्रिय अध्यक्ष एवं मधेशी मोर्चाका क्षेत्रिय अध्यक्ष अमरनाथ यादवले जानकारी दिनुभयो ।
तोडफोडबाट बोलेरोको सिसा तथा अन्य ठाउँमा पुर्ण क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ