News Category 2072/05/17
कर्मचारी संघ संगठनहरुद्वारा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, १६ भदौ ।
मधेशमा जारी आन्दोलनप्रति विभिन्न कर्मचारी संघ संगठनहरुले एक्यवद्धता जनाएका छन ।
नेपाल निजामति कर्मचारी युनियन संघका सह अध्यक्ष राम कुमार यादव, नेपाल मधेशी निजामती कर्मचारी मंचका अध्यक्ष अजय कुमार झा, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष छोटेलाल यादव, रा.क.स. निजामतीका अध्यक्ष मनोज कुमार यादव, रा.स्व.कर्मचारी मिलन केन्द्रका अध्यक्ष महेश कुमार यादव, रा.क.महासंघका अध्यक्ष जागेश्वर यादव, स्थानिय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष कमलेश्वर बिराजी, ने.न.पा.क.ए.रा.वि.केन्द्रिय सदस्य एवं अध्यक्ष उमेश प्रसाद यादव, गाविस कर्मचारी संघ नेपालका अध्यक्ष पर्शुराम यादव, डिप्लोमा ई.एशोसिएशनका अध्यक्ष इन्द्र प्रसाद चौधरी, ने.वि..क.स.रा.वा.बैंकका क्षेत्रिय अध्यक्ष रमेश मल्लिक, ने.म.नि.क.म.जि.जन.का.इ.अध्यक्ष गंगा प्रसाद यादव, ने.वि.स.कर्मचारी संघका अध्यक्ष रमेश प्रसाद यादव, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष भागवत प्रसाद यादव, ने.रा.क.स.रा.वा.बैंकका केन्द्रिय सदस्य मो.अब्बास, रा.क.स.ने.वि.प्रा.वि.रा.वि.का अध्यक्ष शैलेन्द्र यादव सहितले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी जारी मोर्चाको आन्दोलनप्रति एक्यवद्धता जनाएका हुन ।
हस्ताक्षरित विज्ञप्तीमा संविधान सभाबाट नेपालको संविधान निर्माण भईरहेको सन्दर्भमा सिमाकंन र सबै वर्ग, समुदायको हकअधिकार सुनिश्चितताको लागि संयुक्त मधेशी मोर्चा लगायत विभिन्न वर्ग र समुदायद्वारा भईरहेको शान्तिपुर्ण आन्दोलनमा राज्य पक्षबाट भईरहेको दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै विगत लामो समयदेखि निरन्तर रुपमा सप्तरीका सबै सरकारी कार्यालयहरु, निजी तथा वित्तिय संघ संस्थाहरु पुर्ण रुपमा बन्द रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै अनिश्चिकालिन आम हडतालका कारणबाट सर्वसाधारणहरुको जनजीवन कष्टकर बन्दै गएकोप्रति राज्य पक्ष मौन रहेकोले आन्दोलनरत पक्षसँग विगतमा सरकारले गरेको सहमति र सम्झौताहरु अविलम्व कार्यान्वयन गरी वार्ताको माध्यमबाट जायज माँगहरु अविलम्ब सम्बोधन गर्न सरकारसँग जोडदार रुपमा माग गरिएको छ ।
साथै जारी आन्दोलन शान्तिपुर्ण, मर्यादित र अहिंसात्मक रुपमा लोकतान्त्रिक पद्धति अनुसार गर्न समेत आन्दोलनरत पक्षसँग आग्रह समेत विज्ञप्ती मार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ