News Category 2072/05/17
वार्ताको माध्यमबाट समस्या समाधान गर्न इन्सेकको आग्रह
दैनिक संवाददाता
राजविराज, १६ भदौं ।
विगत १९ दिनदेखि तराई–मधेशमा जारी आन्दोलनका क्रममा भएका घटनाहरूप्रति अनौपचारिक सेवा केन्द्र (इन्सेक) को गम्भीर ध्यानाकर्षण भएको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा बुधबार जारि विज्ञप्तिमा पर्साको वीरगञ्जको रामराजा पुलनजिक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर वीरगञ्ज उपमहानगरपालिका मनियारीका धर्मराज सिंह र सोहन साह कलवारको घटनास्थलमा र वीरगञ्ज उपमहानगरपालिका–१८ को लक्षुमनवामा बारा जिल्लाको प्रसौनी गाविस–८ ठूलो नौतनका दिनानाथ साह र सोही ठाउँका भोला साह तेलीको भदौ १५ गते र भदौ १४ गते दिलीप चौरसियाको मृत्यु भएको घटनाले मर्माहत बनाएको उल्लेख गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आफ्ना मागहरू शान्तिपूर्ण तवरले राख्न पाउने आन्दोलनकारीको अधिकारको सम्मान गर्दै शान्ति सुरक्षा कायम गर्दा धनजनको क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरि राजनीतिक समस्याको हिंसात्मक तवरबाट होइन, शान्तिपूर्ण राजनीतिक संवादबाट समाधानको खोजी गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “भौतिक संरचना नष्ट गर्ने र भौतिकरूपमा आक्रमण गर्ने मार्ग बृहत् मानवीय हित अनुकूल नरहेको सरोकारवालाहरूलाई हृदयङ्गम गर्नु हुन आग्रह गर्दछौँ ।”
साथै सीमाङ्कनका विषयमा विभिन्न समूहहरूले गरेको आन्दोलनका क्रममा १२ जना आन्दोलनकारी र आठ जना सुरक्षाकर्मी र एक जना डेढ वर्षीय बालकको मृत्यु भएको तथ्यलाई ध्यानमा राख्दै यथाशीघ्र वार्ताद्वारा समस्याको हल गर्न राज्य र आन्दोलनकारी पक्षलाई अनुरोध समेत विज्ञप्तिमार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ