News Category 2072/05/17
वार्ताको माध्यमबाट समस्या समाधान गर्न इन्सेकको आग्रह
दैनिक संवाददाता
राजविराज, १६ भदौं ।
विगत १९ दिनदेखि तराई–मधेशमा जारी आन्दोलनका क्रममा भएका घटनाहरूप्रति अनौपचारिक सेवा केन्द्र (इन्सेक) को गम्भीर ध्यानाकर्षण भएको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा बुधबार जारि विज्ञप्तिमा पर्साको वीरगञ्जको रामराजा पुलनजिक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर वीरगञ्ज उपमहानगरपालिका मनियारीका धर्मराज सिंह र सोहन साह कलवारको घटनास्थलमा र वीरगञ्ज उपमहानगरपालिका–१८ को लक्षुमनवामा बारा जिल्लाको प्रसौनी गाविस–८ ठूलो नौतनका दिनानाथ साह र सोही ठाउँका भोला साह तेलीको भदौ १५ गते र भदौ १४ गते दिलीप चौरसियाको मृत्यु भएको घटनाले मर्माहत बनाएको उल्लेख गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आफ्ना मागहरू शान्तिपूर्ण तवरले राख्न पाउने आन्दोलनकारीको अधिकारको सम्मान गर्दै शान्ति सुरक्षा कायम गर्दा धनजनको क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरि राजनीतिक समस्याको हिंसात्मक तवरबाट होइन, शान्तिपूर्ण राजनीतिक संवादबाट समाधानको खोजी गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “भौतिक संरचना नष्ट गर्ने र भौतिकरूपमा आक्रमण गर्ने मार्ग बृहत् मानवीय हित अनुकूल नरहेको सरोकारवालाहरूलाई हृदयङ्गम गर्नु हुन आग्रह गर्दछौँ ।”
साथै सीमाङ्कनका विषयमा विभिन्न समूहहरूले गरेको आन्दोलनका क्रममा १२ जना आन्दोलनकारी र आठ जना सुरक्षाकर्मी र एक जना डेढ वर्षीय बालकको मृत्यु भएको तथ्यलाई ध्यानमा राख्दै यथाशीघ्र वार्ताद्वारा समस्याको हल गर्न राज्य र आन्दोलनकारी पक्षलाई अनुरोध समेत विज्ञप्तिमार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ