News Category 2072/05/18
शिक्षा कार्यालयको गाडी र भु–संरक्षण कार्यालयमा आगजनी
दैनिक संवाददाता
राजविराज, १७ भदौ ।
सप्तरीका दुई वटा सरकारी कार्यालयमा बिहीबार आगजनी गरिएको छ । विगत २० दिनदेखी जारि आन्दोलनका क्रममा बिहीबार आन्दोलनकारीहरुले राजविराज ८ स्थित जिल्ला शिक्षा कार्यालय र राजविराज ५ स्थित जिल्ला भु संरक्षण कार्यालय सप्तरीमा आगजनी गरेका हुन् ।
आन्दोलनकारीहरुले जिल्ला शिक्षा कार्यालयको बा.१ झ ४७६१ नम्बरको बोलेरो गाडीमा आगजनी गरेका छन् । आगजनीबाट बोलेरो पुर्ण रुपमा क्षति भएको छ । आन्दोलनकारीहरुले शिक्षा कार्यालय परिसर भित्र पसेर त्यहा राखिएको बोलेरो गाडीमा आगजनी गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीका अधिकृत भोगेन्द्र यादवले जानकारी दिनुभयो ।
पाँच सातजनाको संख्यामा आएका आन्दोलनकारीहरुले सो आगजनी गरेर भागेपछि बारुणयन्त्र तथा प्रहरीले आगो नियन्त्रणमा लिएको अधिकृत यादवले बताउनुभयो ।
त्यस्तै आन्दोलनकारीहरुले राजविराजस्थित भूसंरक्षण कार्यालयमा रहेको बोर्डका साथै सुचना पार्टी, दुईथान कुर्सी र त्रिपालमा आगो लगाएका छन । आगजनीबाट ती सामग्रीहरु बाहेक अन्य कुनै सामानमा क्षति नभएको कार्यालयले जनाएको छ । यता आगजनी भएको घण्टौसम्म पनि प्रहरीलाई खबर गर्दा प्रहरी नआएको कार्यालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ