News Category 2072/05/19
मधेशी महिला पनि अब सरकारको गोली खान पछि नहट्ने ः रेणु यादव
दैनिक संवाददाता
राजविराज, १८ भदौं ।
मधेशी महिला मोर्चा लगायत अन्य महिलाहरुद्वारा शुक्रबार राजविराजमा बिशाल झाडु जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा जिल्लाको विभिन्न गाउँबाट झाडुसहित आएका महिलाहरुको झाडुसहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले मधेशको अधिकारका लागि अब मधेशी महिलाहरु पनि बलिदानी दिन तयार रहेको बताउनुहुँदै भन्नुभयो, “सरकारलाई तागत छ भने संविधान जारी गरेर देखाओस् ।”
उहाँले विगतमा भएको सम्झौता कार्यान्वयन नभएसम्म सरकारसँग अहिले वार्ताको कुनै औचित्य नरहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष यादवले मधेशका जनताहरु अब आर या पारको लडाईमा ओर्लिसकेको बताउँदै वर्तमान सरकारले मधेशीमाथि गोली प्रहार गरेपनि अब मधेशी जनताहरु हक अधिकार प्राप्तिको लागि पछाडी नपर्ने उदघोष गर्नुभयो ।
उहाँले वर्तमान सरकारले मधेशीलाई बलि चढाएर मुक्ति गर्न खोजेको आरोप लगाउँदै अर्बौ रकम खर्चेर सरकारले गोली निकासा गर्दै आएको छ तर अब मधेशी महिलाहरु पनि सरकारको गोली खान पनि नहट्ने बताउनुभयो ।
मधेशी महिला मोर्चा एवं सद्भावना पार्टीका महिला मंचकी पुनम यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सभासद लक्ष्मी चौधरी, नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय सदस्य सावित्री पण्डित, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य साधना झा, संघिय समाजवादी फोरम नेपालकी सोमिन्द्रा देवी साह, गिता यादव, नेपाल रौनियार संघकी ललिता गुप्ता, तमलोपाकी सरिता झा, संचार यात्रा नेपालकी करुणा झा, सदभावना पार्टीकी मिना साह, दलित महिला नेतृ ज्ञानी देवी सरदार, रमिला साह, एमाओवादीकी पार्वती चौधरी, थारु महिला सभाकी अध्यक्ष लक्ष्मी चौधरी, शिक्षक चित्रलेखा देव, महिला नेतृ सुनिता साह लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्ति नभएसम्म मधेशको आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
यसैबिच सदभावना पार्टीले सप्तरीको बभनगामाकटीस्थित तोपा हाटमा शुक्रबार मधेशी जनजागरण अभियानको आयोजना गरेको छ ।
स्थानीय मो. अलि हुसेनको अध्यक्षता तथा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुको प्रमुख आतिथ्यमा आयोजित सो अभियानमा पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, जगदिश प्रसाद दास, देवन सदा, लक्ष्मी नारायण दास, ललन कुमार दास लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्त नभएसम्म आन्दोलनलाई यथावत राखिने बताउनुभयो ।
यसैगरी शम्भुनाथ आन्दोलन परिचालन समितिद्वारा शुक्रबार सप्तरीको शम्भुनाथ नगरपालिकमा मसाल जुलुस प्रदर्शन गरेको छ । आन्दोलन परिचालन समितिका संयोजक तेज नारायण चौधरीको नेतृत्वमा निकालिएको सो मसाल जुलुस शम्भुनाथ नगरपालिकाको विभिन्न स्थानको परिक्रमा गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
पुर्व पश्चिम राजमार्गलाई पुर्ण रुपमा ठप्प पार्नको लागि चेतावनी स्वरुप सो मसाल जुलुस प्रदर्शन गरिएको अध्यक्ष मण्डलको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ