News Category 2072/05/19
भारदह प्रहरी कार्यालय अगाडी बसमा आगजनी
दैनिक संवाददाता
राजविराज, १८ भदौं ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहस्थित इलाका प्रहरी कार्यालय अगाडी रोकिराखेको एक बसमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।
मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरुले बिहीबारराति सो आगजनी गरेका हुन् । ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले नष्ट भएको छ । प्रहरी स्कर्टिङमा रहेको उक्त बस बिग्रेपछि प्रहरी कार्यालय अगाडी राखिएको थियो ।
यता फोरम नेपालका नेता शम्भु झाले प्रहरी निगरानीमा रहेको बसमा आफूहरुले आगजनी नगरेको दाबी गर्नुभएको छ । तर ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र खेरवारले प्रहरीको आखा छली प्रदर्शनकारीहरुले आगो लगाएको दाबी गर्नुभयो ।
यसैबीच, मधेसी मोर्चाको आब्हानमा शुक्रवार २१ औ दिनदेखि बन्द निरन्तर रहँदा यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । बजार पसल, शैक्षिक संस्थान, कलकारखाना तथा सवारीसाधन समेत ठप्प रहँदा जनजीवन अस्तब्यस्त बनेको हो ।
जिल्ला सदरमुकाम राजबिराज, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर लागयतका बजारहरुमा बिहानैबाट प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरुले मोटरसाइकल चल्न समेत अवरोध गर्न थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ