News Category 2072/05/21
संघीय लोकतान्त्रिक मोर्चाको संयोजकमा गजेन्द्र मण्डल
दैनिक संवाददाता
राजविराज, २० भदौं ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीबीच कार्यगत एकता भई निर्माण भएको संघीय लोकतान्त्रिक मोर्चा सप्तरीको जिल्ला संयोजक परिवर्तन भएको छ ।
मोर्चाका सप्तरी प्रचार प्रसार संयोजक अरबिन्द कुमार यादवद्वारा आइतबार जारि विज्ञप्तिमा मोर्चाका संयोजक सत्यनारायण यादव काम विशेषले बाहिर जानु भएकोले राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डललाई सो जिम्मेवारी दिइएको उल्लेख छ ।
यस्तै विज्ञप्तिमा आन्दोलनलाई निरन्तरता एवं प्रभावकारी बनाउनका लागि मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादवको संयोजकत्वमा तेजनारायण र सन्तोष रायसहितको तीन सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको जनाइएको छ ।
त्यस्तै मोर्चाको सचिवालय सचिवमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष बैजु प्रसाद दासलाई चयन गर्नुका साथै फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष उमेश कुमार साहलाई सो पार्टीको नेतृत्वको जिम्मा दिइएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ