News Category 2072/05/22
धानुक समाजद्वारा आन्दोलप्रति एक्यबद्धता प्राध्यापकहरुद्वारा पनि एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, २१ भदौं ।
जारि मधेश आन्दोलनको २४ औं दिन सोमबार नेपाल धानुक समाज सप्तरीले एक्यबद्धता जनाउँदै राजविराजमा बृहत जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङणबाट करिब ५ हजार सहभागिाहरुको उपस्थितिमा निस्केको सो जुलुस नगरको परिक्रमा पश्चात् गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो ।
नेपाल धानुक समाजका कार्यबाहक अध्यक्ष खगेन्द्र मण्डलको अध्यक्षतामा आयोजित बिरोध सभामा विष्णु कुमार मण्डल, अवकाश प्राप्त शिक्षक अमरनाथ मण्डल, बसन्त मण्डल, रामअवतार मण्डल, भिखारी मण्डल, भूपेन्द्र मण्डल, रामविलास मण्डल, हरि नारायण मण्डललगायतले आन्दोलनलाई झन सशक्त बनाउँदै मधेशको अधिकार प्राप्त नभएसम्म आन्दोलन जारि रहने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले मधेशीको अधिकारका साथै नयाँ बन्ने संविधानमा धानुक जातीको पनि अधिकार सुनिश्चितता नभएमा घर घरबाट प्रत्येक ब्यक्ति उठेर अब राजमार्गलाई पुर्ण रुपमा ठप्प पार्ने चेतावनी समेत दिनुभयो ।
यसैबिच मधेश र थारु आन्दोलनप्रति प्राध्यापक समुह सप्तरीले एक्यवद्धता जुलुस प्रदर्शन गरेको छ ।
प्राध्यापक समुह सप्तरीको अगुवाईमा निकालिएको सो बिरोध जुलुसमा सामुदायिक तथा निजी उच्च माविहरुको समेत समर्थन रहेको थियो ।
बिरोध जुलस पश्चात जनआन्दोलन चौकमा प्राध्यापक समुहका प्रा. हेमकुमार मिश्राको अध्यक्षतामा आयोजित सो बिरोध सभामा समुहका सचिव धनेश्वर यादव, मदन देव, शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश यादव, लोकतान्त्रिक प्राध्यापक संघका गजेन्द्र कुमार सिंह यादव, बुद्धिजिवि संगठनका दयानन्द गोइत, प्रजातान्त्रिक संघका मिथिलेश यादव, पूर्व क्याम्पस प्रमुख अमरकान्त झा, पूर्व प्रबन्ध निर्देशक तेजकान्त झा, प्रा. अनिल झा लगायतका वक्ताले मन्तव्य दिनुभएको थियो ।
यसअघि विभिन्न जातिय संघसंगठनहरु, शिक्षक महासंघ सप्तरी, मुस्लिम समाज सप्तरी, बौद्धिक एवं पेशागत समाज सप्तरी, निर्माण व्यवासयी संघ सप्तरी, नागरिक समाज, पुनरावेदन र जिल्ला बार इकाई समिति, सगरमाथा पेट्रोलियम डिलर्स एशोसियशनल लगायतले जारि आन्दोलनलाई एक्यबद्धता जनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ