News Category 2070/02/27
पिसिएफ शिक्षक र प्रहरीबिच झड्प, प्रहरी हबल्दार सहित चार घाईते
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
आन्दोलनरत पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय सप्तरीमा तालाबन्दी गर्न खोज्दा प्रहरीसँग आइतबार झड्प भएको छ । झड्पमा एक प्रहरी सशस्त्र हबल्दारसहित चार जना घाइते भएका छन् ।
अन्य शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने, प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने लगायतका बिभिन्न माग सहित आन्दोलनरत पिसिएफ शिक्षकहरुले शिक्षा कार्यालयमा तालाबन्दी गर्न खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपको क्रममा एक सशस्त्र प्रहरी हबल्दार र तीन जना शिक्षक घाईते भएका छन् भने चार जनालाई शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईते हुनेमा सशस्त्र प्रहरी हबल्दार बर्सिलाल उराउँ, पिसिएफ शिक्षकहरु श्याम कुमार यादव, पञ्चदेव यादव र गुञ्जेश्वर यादव रहेका छन् ।
घाईते चारै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीले मसीलाल उच्च मावि कुशहाका प्राचार्य हंसलाल मेहता, जमावि रामपुर जमुवाका पिसिएफ शिक्षक शान्तिकुमारी चौधरी, मञ्जुला चौधरी र मावि मैनाकडेरीका पिसिएफ शिक्षक सुनिताकुमारी यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यता आफुहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै पिसिएफ शिक्षकहरुले अहिले जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ