News Category 2070/04/22
कोशीमा डुंगा पल्टिदा“ दुईको मृत्यु, दर्जनौं वेपत्ता
दैनिक संवाददाता
राजविराज २१ साउन ।
सप्तकोशी नदीमा सोमवार दिउँसो यात्रुबाहक डुंगा पल्टिदाँ दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको महेन्द्रनगर स्थित चतरावाट ९० जना यात्रु लिएर उदयपूरतर्फ गइरहेको डुगां सप्तकोशि नदिमा सोमवार दिउसो पल्टदा ३० जना यात्रु वेपत्ता भएका छन् । सुनसरीको चतराबाट उदयपुर मैनाकोथु जाँदै गरेको डुंगा पल्टिएको हो ।
डुगां पल्टदा डुगांमा सवार २ जनाको मृत्यु भएको र वाकि नदिमा पौडिएर वच्च सफल भएको सुनसरीका प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
वेपत्ता हुनेमा अधिकाशं महिला र वालवालिका रहेको प्रहरीको अनुमान रहेको छ । डुगांमा चढ्नेहरुको टिकट काट्ने कुनै प्रचलन कोशि क्षेत्रमा नरहेकाले वेपत्ताहरुको नाम र ठेगाना समेत खुल्न नसकेको उपरीक्षक गिरीले वताउनुभयो ।
उद्धार गरिएकाहरुको उपचारका लागी उदयपुर तर्फ पठाईएको छ भने घटनास्थलमा २ जना महिलाको शव फेला परेको छ ।
सोमवार भएकाले केहि धरान स्थित पिण्डेश्वर बाबाधामवाट जल चढाएर फर्कदै गरेको तिर्थयात्रि समेत भएको अनुमान गरिएको छ । कोशि नदिमा एक घण्टाको डुगांको यात्रा गर्नुपर्ने भएकाले सुनसरी तर्फका प्रहरीलाई उनीहरुको पूर्ण विवरण पाउन समेत समस्या भइरहेको वताइएको छ ।
सुनसरी प्रहरीले वेपत्ताहरुको खोजिका लागी इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी मधुवन, प्रकाशपुर, कोशि व्यारेज प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लौकहीलाई समेत परीचालन गरीएको प्रहरी उपरीक्षक गणेश वहादुर थापाले जानकारी दिनुभयो ।
सो दुर्घटनामा अन्य थुप्रै वेपत्ता भएका छन् । डुंगामा करिव ९० जना यात्रु सवार रहेको अनुमान गरिएको छ । वेपत्ता भएकाहरु मध्ये ८ जनाको उद्धार गरिएको छ भने ६ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ