News Category 2072/05/23
प्रा.अमरकान्त झा सहित १५ जनाद्वारा काँग्रेस परित्याग
दैनिक संवाददाता
राजविराज, २२ भदौं ।
जारी मधेशी मोर्चाको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै नेपाली काग्रेसका क्रियाशिल सदस्य एवं प्राध्यापक संघका पूर्व अध्यक्ष प्रा.अमरकान्त झा सहित १५ जनाले नेपाली काँग्रेस परित्याग गर्नुभएको छ ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रा.झा सहित १५ जनाले काग्रेस परित्यागको घोषणा गर्नुभएको हो ।
काग्रेस परित्याग गर्नेहरुमा क्रियाशिल सदस्य झा सहित लक्ष्मी मण्डल, इन्द्रिरा झा, लेलाही खंग, गंगाराम मण्डल, छोटकैन खंग, महेश्वर महतो, राजाराम महतो, पिन्टु महतो, साधारण सदस्यहरु बेरिया ५ का बेचन मण्डल, विनोद साह, जीबछ मण्डल, वडा सदस्य राम प्रसाद मण्डल सहित रहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा झाले सत्ताबाट बहिष्कृत तराई मधेशवासी, जनजाती, आदिवासी, महिला, दलित, अपाङ्ग आदी उत्पीडित समूहलाई सशक्तिकरण गर्न निमित उक्त विधेयकमा उल्लेखित राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक सम्बन्धि विशेष व्यवस्थामा अधिकारसम्म खस आर्य पहाडी वाहुन, क्षेत्री, ठकुरी एवं दशनामीको पनि समावेश गरिएकोबाट काग्रेसका नेतृत्व वर्गले सामाजिक न्यायमा आधारित विशेषाधिकारको व्यवस्थालाई पनि उपहास गरेको भन्दै काग्रेस परित्याग गरेको बताउनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले अनेकौं पटकको लोकतान्त्रिक आन्दोलनहरुमा काग्रेसको आह्वानमा तराई मधेशवासीले ज्यानको बाजी लगाएर आन्दोलनहरुमा होमिएको र अनेकौंले सहादत पनि दिएको तर काग्रेस नेतृत्व वर्गले मात्र आफना सजातीय वर्गको हितमा केन्द्रित भई तराई मधेशवासीको उचित मागलाई सैन्यवल समेतको प्रयोगद्वारा कुल्चने कुचेष्टा गरीरहेको यस्तो विषम परिस्थितिमा काग्रेसमा रहि रहन उचित नठानी काग्रेसको साधारण सदस्यबाट समेत राजिनामा दिई मधेशी मोर्चाको आन्दोलनप्रति एक्यवद्धता समेत जनाएको पत्रकार सम्मेलनमा झाले जानकारी दिनुभयो ।
मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा झाले तराईलाई चार र हिमाल र पहाडलाई चार गरी नेपाललाई आठ प्रदेशमा सिमाकंन गर्दा जातीय पहिचान सहितको अधिकार सुनिश्चितता हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ