News Category 2072/05/23
विभिन्न जातीय संगठनद्वारा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, २२ भदौं ।
जारी मधेशी मोर्चाको आन्दोलनको मंगलबार २५ औं दिन पनि सप्तरीको राजविराजमा विभिन्न जातीय संघ संगठनहरुले बिशाल एक्यवद्धता जुलुस प्रदर्शन गरेको छ ।
यसैक्रममा हलुवाई समाज नेपाल र नेपाल अमात समाज कल्याण समिति सप्तरीद्वारा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको हो ।
राजविराजस्थित पवि उच्च माविको प्राङ्गणबाट हजारौको सहभागितामा निकालिएको बिशाल बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
जनआन्दोलन चौकमा संयुक्त रुपमा हलुवाई समाज नेपालका अध्यक्ष चन्द्रेश्वर साह र नेपाल अमात समाज कल्याण समितिका अध्यक्ष चन्द्रेश्वर मण्डलको संयुक्त अध्यक्षतामा आयोजित सो बिरोध सभामा हलुवाई समाजका ओपिन्द्र साह, बलराम साह, बिहारी साह, नागेश्वर साह, बद्रीनारायण साह, नेपाल अमात समाजका सुर्य नारायण मण्डल कुरुड, ललन कुमार राय, चन्द्रेश्वर मण्डल, जिवानन्द मण्डल, राजेश्वर राय, धर्म नारायण राय, अनिल कुमार मण्डल, बिनोद कुमार मण्डल, शत्रुधन राय, सुर्य नारायण मण्डल, लक्ष्मी राय, राम नारायण मण्डल र जागेश्वर राय लगायतका बक्ताहरुले नयाँ बन्ने संविधानमा हरेक जातजातीको अधिकारसँगै अमात र हलुवाई जातीको पनि समान अधिकार सुनिश्चितता हुनुपर्ने माँग गर्नुभयो ।
यसैबिच रुपनी आन्दोलन परिचालन समितिद्वारा मंगलबार नै रुपनी बजारमा बिरोध जुलुस तथा बिरोध सभाको आयोजना गरेको छ ।
आन्दोलन परिचालन समिति रुपनीका अध्यक्ष एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्णको अध्यक्षतामा आयोजित सो बिरोध सभामा, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, जिल्ला सचिव हरेराम यादव, लालवावु मेहता, बृद्धिजीवी सुर्य नारायण यादव, काग्रेसका जिल्ला सदस्य मुखी लाल यादव, संघिय समाजवादी फोरम नेपालका श्याम यादव, रामसपाका महासचिव उपेन्द्र चौधरी लगायतका बक्ताहरुले अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उदघोष गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ